समलिङ्गी विवाहसम्बन्धी अध्ययन प्रतिवेदन- भाग ३

भाग २मा जान यहाँ क्लिक गर्नुहोस्

भाग ३का विषय सूचि

८.१ साराँश
८.२ निश्कर्ष
८.३ सुझावहरु
अनुसूचि १
अनुसूचि २

परिच्छेद–८
साराँश, निष्कर्ष तथा सुझावहरु

८.१ साराँश

सर्वोच्च अदालतले सुनिलवावु पन्त समेत विरुद्ध नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत विपक्षी भएको मुद्दामा मिति २०६४-९-६ गते गरेको फैसलामा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने सम्वन्धमा मानव अधिकार सम्वन्धी दस्तावेजहरु विश्वमा विकास भएका यससम्वन्धी नवीन मान्यताहरु, समलिङ्गी विवाहलाई मान्यता प्रदान गर्ने देशहरुको अनुभव र त्यसले समाजमा पार्ने प्रभावका वारेमा वृहत अध्ययन र विश्लेषण गरिनु आवश्यक भएको हुँदा यससम्वन्धी समग्र विषयमा अध्ययन गर्न नेपाल सरकारलाई समिति गठन गरी कार्य गर्न दिएकोआदेश बमोजिम गठित समितिले मुलुकभित्र र अन्तर्राष्ट्रिय रुपमा भएका अभ्यासहरुको अध्ययन गरी यो प्रतिवेदन तयार गरिएको छ ।

समितिले आफ्नो कार्य यौनअभिमुखिकरण, लैङ्गिक पहिचान र समलिङ्गि विवाहको साहित्य समिक्षा गर्ने, विभिन्न क्षेत्रका विज्ञहरु, मानव अधिकारकर्मी, धार्मिक व्यक्तित्व एवं गुरुहरु, लैङ्गिक अधिकारकर्मीहरु, यौनिक अल्पसंख्यकहरु, विद्यार्थी लगायतसँग काठमाण्डौमा विभिन्न मिति र स्थानमा सामुहिक छलफल गरिएको थियो । साथैसमितिले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका खासगरी तराई र मुख्य शहर केन्द्रित स्थलगत भ्रमण गरी तथ्य संकलन गरिएको थियो । यसैगरी समितिले नर्वे सरकारको सहयोगमा नर्वेको राजधानी ओस्लोको चार दिने भ्रमण गरी त्यहाँका सांसदरु, पूर्व मन्त्री, परराष्ट्र लगायत विभिन्न मन्त्रालय, विभागका निर्देशक, अधिकृतहरु, स्थानीय निकायका पदाधिकारीहरु, यौनिक अल्पसंख्यकहरुका विषयमा कृयाशील संस्थाहरु, कानुन व्यवसायी, प्रहरी र धार्मिक गुरु (पादरी) हरुसंग समेत छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

स्थानीय र अन्तर्राष्ट्रिय भ्रमणहरुबाट प्राप्त अनुभवलाई यस प्रतिवेदनमा प्रस्तुत गरिएको छ । यस वाहेक समलिङ्गि विवाहलाई मान्यता प्रादन गरेका विभिन्न मुलुकहरुको कानुनी व्यवस्थाको तुलनात्मक अध्ययन, राष्ट्रिय कानुनहरुको समीक्षा समेतको आधारमा यो प्रतिवेदन तयार पारिएको छ ।

विवाह र वैवाहिक सम्बन्ध: प्रकृति र परिवर्तन

विवाहको इतिहास सायद मानव सभ्यता जतिकै पुरानो छ । साथै विवाह र वैवाहिक सम्बन्धको प्रकृति परिवर्तनशील छ । हामीमध्ये सबैजसोलाई हालकै विवाह पद्धतिहरु नै आम पद्धपतिहरु हुन् । तिनै पद्धति सही हुन् जस्तो लाग्छ । तर यो सही निचोड होईन । मानव इतिहासमा भिन्नभिन्न आर्थिक, राजनीतिक र साँस्कृतिक वर्ग र समूहहरुमा अनगिन्ती प्रकारका वैवाहिक पद्धतिहरु र सम्बन्धहरु रहेको देख्न सकिन्छ । कुनै अमुक विवाह पद्धति र सम्बन्धहरु कायम रहेको देख्न सकिन्छ । कुनै अमुक विवाह पद्धति सधै र सबैको लागि ठीक हो अन्य नितान्त गलत हो भन्न सकिने कुनै मापदण्ड छैन ।
विपरित लिङ्गी विवाहका अनेक प्रणालीहरु इतिहासमा रहि वर्तमानमा पनि रहेका छन् । यी सबै प्रणालीहरु परिवर्तनशील छन् । त्यसैगरेर समलिङ्गी सम्बन्ध र विवाह विपरित लिङ्गीभन्दा धेरै कम रहेका छन् तर यी सम्बन्धहरु इतिहासदेखि नै सबै समाजहरुमा रहेको पाईन्छ । अनुपातका हिसावले कम हुन अप्राकृतिक र असामाजिक हुने होईन ।

लोकतान्त्रिक र प्रगतिशील समाजको आधार सबै नागरिक समान हुन् भन्ने नै हो । यसर्थ पनि समलिङ्गी नागरिक अन्य नागरिकभन्दा कम सम्मानको पात्र हुन सक्दैनन् । यहि कारणले पनि विपरित लिङ्गीहरुबीचको विवाहलाई सरकार र कानुनले जुन रुपले लिन्छ, परिभाषित गर्छ समलिङ्गीहरुको विवालाई पनि उही रुपले सम्मान गर्नु नै उचित हुने देखिन्छ ।
प्राकृतिक विविधता र परिवर्तनलाई हेर्दा समाज तथा वैवाहिक सम्बधहरु ग्तिशिल एवं परिवर्तनशिल हुने र त्यसैको आधारमा मानव चेतनाका आधारहरु विकास हुने गरेको सन्र्दभमा धर्मग्रन्थहरुको व्याख्या गर्दा तत्कालीन समय र विद्यमान समयको तुलना गरी हुर्नुपर्ने देखिन्छ । समाजका विविध स्वरुपहरुमा आएको परिवर्तनले फरक लिङ्गी सम्बन्धमा परिर्वन गरेको परिप्रेक्षमा नेपालमा देखिएको शहरी तथा पूँजीवादी समाजका प्रारुपहरुले समलिङ्गी तथा पारलिङ्गी हरुलाई खुल्न र सम्बन्ध राख्न सजिलो बनाउँदै लगेको देखिएकोले नेपालले परिवर्तित समाज, कानुनको अन्तर्राष्ट्रिय तथा तुलनात्मक अध्ययनले पुरातन पुरुष–महिला मात्रको समाज, परिवार र साँस्कृतिक कार्यहरु हुन्छन् भन्ने मान्यतामा क्रमशः परिवर्तन ल्याउँदै समलिङ्गी तथा पारलिङ्गी समुदाय, व्यक्ति वा जोडीहरुलाई समाजमा स्थान दिन पहल गर्नु पर्ने देखिन्छ ।

स्थलगत भ्रमण तथा अध्ययनबाट प्राप्त तथ्यहरु

समितिले काठमाण्डौ र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका केही स्थानहरुमा गरेको स्थलगत अध्ययनबाट यौनिक अल्पसंख्यकहरुको समस्या, उनीहरुको चाहना, यस समुदायप्रति समाजको धारणा तथा समलिङ्गी विवाहको बारेमा यस समुदायका व्यक्तिहरु र समाजका विभिन्न वर्ग र समुदायको विचार बुझ्ने कार्य गरिएको थियो । वस्तुतः पारलिङ्गी एवं समलिङ्गीहरुप्रति समाजको हरेक क्षेत्रमा भेदभाव, पारिवारीक उपेक्षा र कतिपय अवस्थामा शारीरिक र मानसिक यातना भएको तथ्यहरु प्राप्त भएको थियो ।

यौनिक अल्पसंख्यकहरुले स्वपहिचान, भेदभावको अन्त्य, रोजगारी, समलिङ्गी विवाह र धर्मसन्तानलाई प्राथमिकतामा राखेको पाइयो । समलिङ्गी विवाहप्रति समाजको फरक धारणालाई तीन भागमा विभाजन गर्न सकिन्छ । अत्यन्त उद्दार अर्थात समलिङ्गी विवाहलाई कानुनी मान्यता दिनु पर्दछ भन्ने मत, मध्यमागी अर्थात समाज पनि उद्दार हुँदै जाँदा समलिङ्गी विवाहप्रति क्रमशः उद्दार धारणा वन्छ, समलिङ्गी सम्बन्धलाई मान्यता प्रदान गरेपनि विवाहको रुपमा स्वीकार गर्नु हुँदैन भन्ने मत र अुनदार मत वा यस्तो सम्बन्ध प्राकृतिक होईन यसलाई दण्डनीय बनाउनु पर्छ भन्ने मत रहेको पाईएको थियो ।

समलिङ्गी सम्बनधमा रहेका जोडीहरुको दाम्पत्य जीवनको अवधि तुलनात्मक रुपमा छोटो रहेको पाईएको छ । कतिपयको विपरित लिङ्गीसँग वैवाहिक सम्बन्ध समेत कायम रहेको पाइएको छ । धेरैजसो आफ्नो परिवासँग बसेका छैनन्, शिक्षा र रोजगारीका अवशरहरुबाट बञ्चित छन् ।

संवैधानिक तथा कानुनी व्यवस्था

नेपालको संविधानले मैलिक हक अन्तर्गत समानताको हकको व्यवस्था गरी सबै नागरिकहरु कानुनको दृष्टिमा समान हुने र कानुनद्घारा सबैैलाई समान संरक्षण प्रदान गर्ने कुराको सुनिश्चितता गरेको छ । सामान्यकानुनको प्रयोगमा कुनै पनि नागरिकमाथि र राज्यले नागरिकहरुकोबीच कुनै पनि आधारमा विभेद नगर्ने कुराको प्रत्याभूति गरिएको छ । सकारात्मक विभेदको सिद्धान्त अनुसार विभिन्न वर्ग र सामाजिक एवं साँस्कृतिक दृष्टिले पिछडिएको समुदाय एवं शारिरीक एवं मानसिक असक्त व्यक्तिहरुको संरक्षण, सशक्तिकरण वा विकासको लागि कानुनद्वारा विशेष व्यवस्था गर्न सकिने कुरा उल्लेख गरिएको छ । त्यसैगरी राज्यको दायित्व अन्र्तगत लैङ्गिक लगायत अल्पसंख्यक समुदायका समस्याहरुलाई सम्बोधन गर्न राज्यको अग्रगामी पुर्नसंरचना गर्ने कुरा उल्लेख गरिएको छ ।

अघिल्लो संविधानसभाको मौलिक हक तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमा मौलिक हक अन्तर्गत समानताको हकमा अविभेदको आधारहरुमध्ये यौनिक तथा लैङ्गिक अभिमुखिकरणलाई पनि समावेश गरिएको छ । त्यसैैगरी नागरिकतासम्बन्धी सामाजिक न्यायको हकमा समेत यौनिक तथा लैङ्गिकअभिमुखिकरणलाई आधार बनाइएको छ । यौनिक तथा लैङ्गिकअभिमुखीकरणले समलिङ्गी सम्बन्धलाई जनाउँदछ । यसरी भइरहेको संविधानको मस्यौदामा समलिङ्गी सम्बन्धलाई स्थान दिइएको देखिन्छ ।

अतः उल्लेखित संवैधानिक प्रावधानहरुमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको बारेमा प्रत्यक्ष रुपमा उल्लेख नगरिएको भए पनि यो समुदायको अधिकार संरक्षणको लागि विशेष कानुनबनाउन सकिने नै देखिन्छ । राज्यले यस समुदायको यौनिक तथा लैङ्गिक अभिमुखीकरणको आधारमा समलिङ्गी विवाहसम्बन्धीकानुन निर्माण गर्न सक्ने समेत देखिन्छ ।

मुलुकी ऐन लगायत अन्य प्रचलित कानुनहरुमा समलिङ्गी विवाहको सम्बन्धमा कुनै पनि व्यवस्था गरिएको पाईदैन । समलिङ्गी विवाहलाई मान्यता दिन विवाह र त्यसबाट उत्पन्न हुने दायित्वसम्बन्धीकानुनहरुमा संशोधन गर्नु पर्ने देखिन्छ । खासगरी निर्माण गर्न लागि रहेको फौजदारी संहिता र देवानी संहितामा यससम्बन्धी व्वस्थाहरुलाई समावेश गर्नु अति नै जरुरी देखिन्छ ।

अन्र्तराष्ट्रिय कानुनमा समलिङ्गी विवाह

विश्वमा समलैङ्गिक विवाहलाई मान्यता प्रदान गर्ने क्रम बढ्दै गएको पाइएको छ । करीब डेढ दर्जन मुलुकहरुले समलैङ्गिक विवाहलाई मान्यता प्रदान गरिसकेका छन् । मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ तथा नागरीक तथा राजनीतिक अधिकार विषयक अभिसन्धीका विभिन्न प्रावधानहरुले हरेक व्यक्लिाई कानुनद्वारा समान संरक्षण, उमेर पुगेका व्यक्तिलाई आफ्नो रोजाइमा विवाह गर्न पाउने तथा परिवार बसाउन पाउने अधिकार प्रदान गरेका छन् । नागरिक तथा राजनीतिक अधिकार विषयक महासन्धिको मानव अधिकार समितिको निर्णय र मेक्सिकोको सर्बोच्च अदालतको फैसलाबाट पनि समलैङ्गिक विवाहलाई मान्यता प्रदान गरिएको देखिन्छ । योगाकार्ता सिद्धान्तको धारा २४ ले हरेक व्यक्तिलाई लैङ्गिक अभिमुखिकरण तथा पहिचानको आधारमा हुने भेदभावरहित परिवार स्थापना गर्न पाउने अधिकार हुने कुरा स्पष्ट रुपमा उल्लेख गरेको छ । यसप्रकार विद्यमान मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुन र विश्वका विभिन्न देशहरुमा भइरहेका अभ्यासहरुले समलैङ्गिक विवाहलाई भेदभाव विरुद्धको अधिकारको रुपमा लिई त्यस्तो विवाहलाई कानुनी रुपमा नै स्वीकार्य रुपमा हेरिनु पर्ने मान्यता स्थापित गरेको देखिन्छ ।

नर्वे भ्रमणबाट सिक्न सकिने पाठहरु

विगत दुई दशकमा विश्वका धेरै मुलुकहरुमा समलिङ्गी सम्बन्ध, सहवास र विवाहले मान्यता पाउँदै गएको पाईन्छ । यस्ता मुलुकहरुमध्येमा नर्वे पनि पर्दछ । सन् १९९३ मा समलिङ्गी सहवासलाई वल्लतल्ल मान्यता दिएको संसदले सन् २००८ को मध्येमा अत्यधिक मतले समलिङ्गी लगायत सबै विवाहहरुलाई मान्यता दियो । केही समुदायहरुमा समलिङ्गी विवाहप्रतिको दृष्टिकोण राम्रो छैन तर पहिलेभन्दा धेरै परिवर्तन आएको देखिन्छ । समलिङ्गीहरु लुकेका छैनन्, दृष्य छन् । समलैङ्गिकतामा र समलैङ्गिक विवाहले समाजलाई हानी गर्दैन भन्ने मान्यता आम बनेको छ । समलिङ्गी विवाह अब राजनीतिक मुद्धा बन्न पूर्ण रुपमा छोडेको छ । धर्माधिकारीहरु भने समलैङ्गिक सहवासको पक्षमा भए पनि समलिङ्गी विवाहबारे एकमत छैनन् । आधा आधा जसो बाँडिएका छन् । तर पहिलेकोभन्दा धेरै खुल्ला बन्दै गएको पाईन्छ । अबका केही बर्षहरुमा यो खुल्लापन अझ विस्तार भएर जानेछ कुरामा धेरैले विश्वास गरेको पाईन्छ ।

समलैङ्गिक विवाहमा विभिन्न देशका कानुनहरुको तुलनात्मक अध्ययन

विवाह सम्बन्धी विश्वका विभिन्न मुलुकहरुको कानुनको अध्ययन गर्दा समलैङ्गिक विवाहलाई मान्यता दिने वा नदिने भन्ने कुरामा मिश्रित अवस्था पाईन्छ । यसको पक्ष विपक्षमा विभन्न धार्मिक, सामाजिक र कानुनी बहसहरु भइरहेका छन् । तथापी यस्तो विवाह वा सहवासलाई मान्यता दिने क्रम भने बढ्दै गएको पाइन्छ । विश्वमा मानव अधिकारकोे विकासक्रमसँगै विशेषतः यूरोपबाट समलैङ्गिक सम्बन्धलाई मान्यता दिने प्रचलनको विकास भएको देखिन्छ । हाल सबै महादेशहरुमा समलैङ्गिक सम्बन्धलाई विभिन्न राज्यहरुले सहनशिलताको नीति लिइ यात गैरअपराध अन्तर्गत राख्ने वा कानुनी मान्यता प्रदान गर्ने गर्दै आएको पाइएको छ । यूरेपेली मुलुकहरुमा समलैङ्गिक सम्बन्धलाई मान्यता दिने क्रममा लैङ्गिक तटस्थताको नीति अन्तर्गत विवाहलाई महिला पुरुषबीचको सम्बन्धको रुपमा मात्र नलिइ व्यक्ति व्यक्तिबीचको सम्बन्धको रुपमा लिने प्रचलन बढ्दै गएको पाईन्छ । युरोपेली लगायत विभिन्न मुलुकहरुमा भइरहेका अभ्यासहरुको अध्ययन गर्दा दर्ता साझेदारी, नागरिक साझेदारी, नागरिक सम्बन्ध, नागरिक ऐकबद्धता सम्बन्ध, समलैङ्गिक विवाह, घरेलु साझेदारी, दर्ताबेगरको सहवास जस्ता विभिन्न प्रचलनहरु विद्यमान रहेका छन् । केही स्क्यानडेभियन मुलुकहरुले समलैङ्गिक जोडिलाई अस्थायी कानुनी मान्यता दिए भने केहीले समलिङ्गिक विवाह सम्बन्धी छुट्टै कानुनी व्यवस्था गरेको पाइन्छ । यस्तो व्यवस्थाहरु समलिङ्गी र फरक लिङ्गी दुबै प्रकारका जोडिले प्राप्त गर्दछन् । तथापी धेरैजसो सरिया कानुन अवलम्बन गर्ने मुश्लिम देशहरु र कतिपय मुलुकहरुमा समलैङ्गिक विवाहलाई अपराधकै रुपमा लिने गरिएको भए पनि यसको पक्ष विपक्षमा तिब्र बहस भइरहेको पाईन्छ । अमेरिकाको संघीय सरकारले समलैङ्गिक विवाहलाई मान्यता नदिएको भए पनि राज्य क्षेत्रीय वा स्थानीय तहमा मान्यता प्रदान गरिएको पाइन्छ ।
यस सम्बन्धमा विकसित अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पहिला समलैङ्गिक सम्बन्धलाई गैर अपराधिकरण गर्ने र पछि यस्तो सम्बन्धलाई वैधानिक हैसियत प्रदान गर्न साझेदारी कानुनहरुको निर्माण गर्ने प्रकृया अवलम्बन गरिएको पाइन्छ ।
अध्ययन गरिएका निदरल्याण्ड, स्वीडेन, फिन्ल्याण्ड, आइसल्याण्ड, क्यानडा, स्पेन नर्वे तथा फ्रान्सका कानुनी व्यवस्थाहरुको अध्ययन गर्दा फरक लिङ्गी र समलिङ्गीबीचको विवाहलाई एकै प्रकारको मान्यता र अधिकारहरु हुने सम्मका व्यवस्थाहरु गरिएको पाइन्छ ।कानुनद्वारा विवाह, सन्तान, सम्पत्ती र सम्बन्ध विच्छेदसम्मका कुराहरुमा सबै प्रकारका वैवाहिक सम्बन्धहरुमा एकरुपता प्रदान गर्न खोजिएको पाइन्छ । यस्ता कानुनहरुले निश्चित उमेर पुगेका र अन्य वैवाहिक सम्बन्धमा नगाँसिएका व्यक्तिहरुलाई तोकिएको प्रकृया पूरा गरी वैवाहिक सम्बन्धमा गाँसिन सक्ने र विवाहपछि एक अर्काको थर जोड्न सक्ने अधिकार प्रदान गरेको पाइन्छ । यस्तो विवाहबाट सम्बन्ध गाँस्ने जोडिहरुले महिला पुरुषबीचको विवाहमा भए जस्तै समान रुपमा पेन्सन, अपुताली तथा अन्य हकहरु प्राप्त गर्ने कानुनी व्यवस्था गरिएको पाइन्छ । समलैङ्गिक विवाहबाट प्राकृतिक रुपमा सन्तान प्राप्त नहुने हुँदा यस्ता जोडिहरुलाई निश्चित प्रकृया पूरा गरी धर्म सन्तान राख्ने वा कृत्रिम गर्भाधानबाट सन्तान प्राप्त गर्ने हक प्रदान गरिएको हुन्छ भने अन्य विवाहमा जस्तो महिलाको श्रीमान् बाबु हुने कुरा यसमा आकर्षित हुँदैन । यस्ता जोडिको सम्बन्ध विच्छेद अदालतको आदेशबाट हुने व्यवस्था गरिनुका साथै कमजोर पक्षले आर्थिक सुविधा दावि गर्न सक्ने र बच्चा सम्बन्धी दायित्व र भेटघाटको अधिकार पनि सम्बन्ध विच्छेदपछि समान रुपमा हुने कानुनी व्यवस्थाहरु गरिएको पाइन्छ । संयुक्त अधिराज्यको परिवर्तित कानुनले समलिङ्गी विवाह उल्लेख नगरी समान लैङ्गिक चाहना भएका दुई व्यक्तिको सम्बन्धलाई Civil partnership भनी यस्तो सम्बन्धको दर्ता गर्ने प्रकृयाका अलावा आयकर, अपुताली, सम्पत्ती, मृत्यूपछिका कर्तव्यहरु, घरभाडा, परिवार तथा यसमा आपसी सहयोग र धर्म सन्तान राख्ने व्यवस्था एवं सम्बन्ध विच्छेद सम्बन्धी व्यवस्था समेत गरेको पाईन्छ ।

यसै क्रममा नर्वे भ्रमणबाट परिवर्तित अवस्थालाई कसरी विकसित राष्ट्रहरुले सम्बोधन गरिरहेका छन् भन्ने देख्न र दाँज्न सकिन्छ ।सामाजिक मूल्य मान्यता र सामाजिक अपेक्षाहरु तिब्र रुपमा परिर्वतनशील छन् । परिवर्तनशील समाज र अपरिवर्तनीय मान्यता सँगसँगै हिड्न सक्दैनन् । पुराना मान्यताहरु क्रमशः क्षीण हुँदै जान्छन् र नयाँ मान्यताहरु पनि क्रमशः स्थापित र स्वीकार्य हुँदै जान्छन् । सामाजिक रुपमा स्वीकार्य कानुनी मान्यताप्राप्त र राजनीतिक तहले नेतृत्व गर्दागर्दै पनि समलैङ्गिक विवाहलाई धार्मिक दृिष्टकोणले (खासगरी चर्चले) अनुमति प्रदान गरेको छैन तर चर्चमा पनि यसका पक्ष र विपक्षमा तर्क वितर्कहरु भइरहेकै छन् । धर्म र समलैङ्गिककताको अन्तरविरोध कम गर्न संस्थागत प्रयास भएका छन् । चर्चको वैधता कमजोर हुँदै गएको छ । नीजि र सार्वजनिक जीवन अलग अलग हुन् भन्ने मान्यता प्रवल भएको छ  र मानव अधिकारप्रतिको सम्मान उच्च छ ।नर्वेमा समलैङ्गिक सहबास र समलैङ्गिक विवाहको वैधता कायम भएको छ, विरोधका स्वरहरु कमजोर छन् । यसैलाई नारा बनाएर निर्वाचनमा बढी मत ल्याउने वा संगठन विस्तार गर्ने सम्भावना शुन्य बराबर छ । हाल यो महत्वपूर्ण सामाजिक राजनीतिक मुद्धा बन्नै छाडेको छ । महिलाहरु आर्थिक रुपमा पनि सक्षम हुँदै गएपछि र सामाजिक चेतना वृद्धिसँगै नर्वेमा समलैङ्गिक सहबास र विवाहले तिब्रता पायो भने पारलिङ्गी  को रुपमा पहिचान कायम गर्नेहरु नगन्य मात्रामा रहेका छन् ।समलैङ्गिक विवाह वा समलैङ्गिक सहबासलाई मान्यता दिने क्रममा हुने विरोध स्वभाविक हो, सामाविक चेतनामा हुने परिवर्ततसँगै यसको स्वीकार्यता पनि बढ्दै जान्छ ।

८.२ निश्कर्ष

यस समितिले गरेको स्थलगत भ्रमणबाट प्राप्त जानकारी, सर्बोच्च अदालतको सुनिलबाबु पन्त वि. नेपाल सरकार भएको मुद्धाको फैसला, संविधानसभाबाट मस्यौदा भइरहेको संविधानको प्रारम्भिक स्वरुप, नागरिकता लगायतका कानुनहरुमा संशोधन गरी पारलिङ्गी लाई प्रदान गर्न थालिएको मान्यता, नेपाल सरकारले विभिन्न नीतिहरु मार्फत यस समुदायलाई दिन थालेको मान्यता र प्रदान गर्न थालेको संरक्षण तथा समाजमा पारलिङ्गी तथा समलिङ्गी समुदायलाई क्रमिक रुपमा प्रदान गर्न थालिएको मान्यतालाई मनन् गर्दा नेपाली समाज र कानुनी व्यवस्थामा पारलिङ्गी तथा समलिङ्गीहरुको विषय नौलो रहेन ।

जहाँसम्म विवाहको प्रश्न छ, सर्बोच्च अदालतले नै उमेर पुगेका दुई व्यक्तिहरुबीच हुने यौनसम्बन्धलाई नकार्न नसकिने भन्ने निश्कर्ष निकाली सकेको परिप्रेक्षमा यस्तो समुदायका व्यक्तिहरुलाई सहवास गर्न दिने सम्बन्धमा छलफल गरिराख्नु पर्ने देखिएन । सहवास र वैवाहिक सम्बन्ध महिला र पुरुषबीच मात्र हुने नभइ व्यक्तिहरुकाबीच हुने भन्ने सर्बोच्च अदालतको फैसलामा बोलिसकेको परिप्रेक्षमा विभिन्न देशहरुले यस्तो सम्बन्धलाई कानुनी मान्यता प्रदान गरेको प्रकृयालाई अध्ययन गर्दा कतिपय देशहरुले त्यस्तो सम्बन्धलाई गैर अपराधिकरण गरी सहबास गर्न दिएको, कतिपय देशहरुले साझेदारी दर्ता गर्न दिएको र कतिपय देशहरुले फरक लिङ्गी सरह नै विवाह गर्न दिएको पाइयो । समाजको चेतनाको स्त्तर र स्वीकार्यतालाई हेरी पहिला सम्बन्धलाई स्वीकार्ने र समयक्रममा विवाहको मान्यता प्रदान गर्ने गरेको देखियो । नेपाली समाजमा यस विषयमा क्रमिक रुपमा उदारता बढ्दै गएको भएतापनि कस्तो कानुनी हैसियत प्रदान गर्ने भन्ने सम्बन्धमा मनन् गर्नु पर्ने देखिन्छ ।

सर्बोच्च अदालतको फैसलाले सहवासलाई स्वीकार गरी गैरअपराधिकरण गरिसकेको छ । यो प्रतिवेदन तयार पार्ने क्रममा समितिले धेरै समलिङ्गीहरु सहवास गरी बसेको पाएको तर त्यस्ता व्यक्तिहरु कानुनी सम्बन्धमा प्रवेश गर्न चााहेको पाएको थियो । मानव अधिकारका अन्तर्राष्ट्रिय दस्तावेजहरुलाई सबै व्यक्तिलाई कानुनद्व।रा समान संरक्षण प्रदान गर्नु पर्ने पर्ने व्यवस्था गरी समानताको हक स्थापित गरेका छन् । यस परिप्रेक्षमा यो समिति नेपाल सरकारलाई समलिङ्गी विवाहलाई कानुनी मान्यता प्रदान गर्नेगरी कानुनी सुधार गर्न नेपाल सरकार समक्ष सिफारिस गर्दछ । मुलुकी ऐन तथा प्रस्तावित फौजदारी अपराध संहिता वा देवानी संहितामा समलैङ्गिक सम्बन्धलाई कानुनी व्यवस्था प्रदान गर्न वा फरक लिङ्गी वा समलिङ्गी विवाहलाई बराबर मानि विवाहलाई महिला र पुरुषबीचमा हुने सम्बन्धलाई विस्तार गरी व्यक्ति व्यक्तिबीचमा हुने सम्बन्धको रुपमा मान्यता प्रदान गर्नुआवश्यक देखिएको छ ।

समान विवाह मार्फत समलिङ्गी सम्बन्धलाई मान्यता प्रदान गरीसकेपछि विद्यमान पारिवारिक कानुन, पेन्सन लगायतका सुविधासँगै सम्बन्धितकानुन तथा समलिङ्गी दम्पत्तीलाई संरक्षण प्रदान गर्ने जस्तै बैवाहिक बलत्कार जस्ता कानुनहरुमा संशोधनको प्रकृया अघि बढाउनु पर्ने देखिन्छ भने प्रस्तावित देवानी तथा फौजदारी संहिता र तिनीहरुका कार्याविधिहरुमा संशोधन गर्नु पर्ने देखिन्छ । यस्तो समलिङ्गी सम्बन्धलाई स्वीकार गरी कानुनी व्यवस्था गर्दा संशोधन गर्नु पर्ने कानुनहरुको सूचि बनाई संशोधनको प्रकृया अघि बढाउन नेपाल कानुन आयोगलाई जिम्मेवारी दिनु उपयुक्त देखिन्छ ।

८.३ सुझावहरु

यस प्रतिवेदनमा अध्ययनको क्रममा संकलन गरिएका तथ्यहरु र तिनको विश्लेषणको आधारमा समलिङ्गी तथा पारलिङ्गी हरुलाई वैवाहिक अवस्थामा बस्न दिनुपर्ने निष्कर्षमा पुगेको अवस्थामा नेपाल सरकारलाई निम्न बमोजिमका कदमहरु चाल्न सुझावहरु प्रस्तुत गरिएको छ:
१. सम्मानित सर्वोच्च अदालतले समानताका सिद्धान्तहरुको आधारमा यौनिक तथा लैङ्गिक आधारमा भेदभाव नगर्नु तथा उनीहरुको यौनसम्बन्धलाई मान्यता प्रदान गर्नु भनिसकेको परिप्रेक्षमा यस समितिले मुलतः अन्य देशहरुले यस्तो सम्बन्ध कसरी व्यवस्थित गरेका छन् र त्यसका कानुनी आधार कसरी तयार पारेका छन् भन्ने तुलनात्मक अध्ययन गर्दा सम्बन्धित देशहरुमा विशेषतः नर्वेमा कसरी विरोध र समर्थनलाई राज्यले समायोजन गर्दै लग्यो र समाजमा कस्तो परिवर्तन देखियो भन्ने तथ्यको विश्लेषणबाट नेपाल सरकारले समलैङ्गिक सम्बन्धलाई महिला र पुरुषकाबीचमा मात्र विवाह हुन्छ भन्ने मान्यता राख्ने कानुनी व्यवस्थालाई हटाई व्यक्ति व्यक्तिबीचमा विवाह हुन सक्छ भन्ने मान्यता अंङ्गीकार गरी समानताको सिद्धान्तको आधारमा समलिङ्गी विवाहलाई कानुनी मान्यता गरिनु उपयुक्त हुने देखिन्छ ।

२. राज्यले समग्रमा विवाह स्वतन्त्र रुपमा व्यक्ति व्यक्तिबीच हुने सम्बन्ध हो भन्ने मान्यतालाई स्वीकार गरेपछि त्यस्तो मान्यतामा असरपार्नेकानुनी व्यवस्थाहरुमा परिवर्तन गर्नुपर्ने देखिन्छ । मूलतः छोराछोरीको सट्टा सन्तानलाई सम्पत्ती र साँस्कृतिक अधिकार प्रदान गर्ने र श्रीमान श्रीमतिलाई शेषपछिको हक प्रदान गर्ने व्यवस्थालाई परिवर्तन गरी सम्बन्धित व्यक्तिको जोडीलाई त्यस्तो अधिकार प्रदान गर्ने तथा बलत्कार तथा यौनजन्य हिंसा जस्ता फौजदारी अपराधमा पुरुषले महिलामाथि गर्ने अपराधको रुपमाभन्दा व्यक्तिले व्यक्तिमाथि गर्ने अपराध मान्नुपर्ने देखिन्छ । यस परिप्रेक्षमा विद्यमान मुलुकी ऐन तथा उक्त मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने फौजदारी तथा देवानी संहिता र कार्यविधिहरुलाई परिवर्तित परिप्रेक्षमा सोही बमोजिम संशोधन र परिमार्जन गर्नुपर्ने देखिन्छ । त्यस्तै विवाह तथा विवाह दर्ता र सम्पत्ती लगायत सोसँगसम्बन्धितकानुनहरुमा संशोधन गर्नुपर्ने देखिन्छ ।

३. नेपाली समाज पारलिङ्गी प्रति उदार नै रहेको देखिन्छ । हाल उक्त समुदायको यौनिक सम्बन्ध र पारिवारिक अवस्थाको बारेमा त्रमशः उदार हुने गरेको अवस्थालाई मध्यनजर राखि राज्यले उक्त समुदायलाई शिक्षा तथा आर्थिक उपार्जन र व्यवसायिक कार्यमा क्रमशः संलग्न गराई सशक्तिकरणको उपाय अवलम्बन गरी समाजमा विविधतालाई स्वीकार गर्ने कानुनी तथा सामाजिक नीति अवलम्बन गरी त्यस्ता समुदायलाई मूलप्रवाहमा ल्याउन कदमहरु चाल्दै यस्ता व्यक्तिहरुको यौनिक तथा पारिवारिक जीवनको संरक्षण गर्न सार्वजनिक आव्हान गर्दै राजनीतिक तथा प्रशासनिक तहमा संलग्न गराउने कदमहरु चाल्नुपर्ने देखिन्छ ।

४. लामो समयदेखि विभिन्न जोडीहरु समलैङ्गिक सम्बन्धमा बसिरहेको तथ्य प्राप्त भएको देखिदा त्यस्ता जोडीहरुलाई कानुनी मान्यता प्रदान गर्नुपर्ने देखिन्छ । यसरी कानुनी मान्यता प्रदान गरेपछि त्यस्ता जोडीहरुलाई निश्चित अवधिपछि धर्मसन्तान ग्रहण गर्नसक्ने कानुनी व्यवस्था गर्न समेत आवश्यक देखिन्छ ।

५. यस प्रतिवेदनको परिच्छेद ७ मा प्रस्तुत अभिलेख व्यवस्थापनसम्बन्धी सुझावहरुलाई पनि संगसंगैै कार्यान्वयन गर्नु आवश्यक देखिन्छ ।

अनुसूची १

लैङ्गिक पहिचान र यौन अभिमुखीकरण भएका व्यक्तिहरुको समान अधिकार सम्वन्धमा अध्यन गर्न गठित समितिका पदाधिकारीहरुको नामावली

डा. लक्ष्मीराज पाठक, विशेषज्ञडाक्टर, स्वा.तथा ज.सं मन्त्रालय संयोजक
प्रा. डा. चैतन्य मिश्र, समाजशाश्री, त्रि.वि. सदस्य
श्री चण्डेश्वर आचार्य, उप सचिव, वातावरण मन्त्रालय सदस्य
श्री वासुदेव वजगाई÷जायश्वर चापागाई÷माधव प्रसाद गौतम सदस्य
मानव अधिकार अकिधृत, राष्ट्रिय मानव अधिकार आयोग
श्री हुम वहादुर के.सी., शाखा अधिकृत, का. तथा न्याय मन्त्रालय सदस्य
श्री विश्व अधिकारी, प्रहरी निरीक्षक, प्र.प्र.कार्यालय सदस्य
श्री हरि फुयाल, अधिवक्ता, (निवेदकहरुको प्रतिनिधि) सदस्य
श्री कविराज खनाल, उप सचिव, स्वा.तथा ज.सं मन्त्रालय सदस्य सचिव

अनुुसूचि २
विवाहसम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्थाहरु

१. संवैधानिक व्यवस्था

नेपालको अन्तरिम संविधन, २०६३ ले समानताको हकलाई मौलिक हकको रुपमा स्थापित गरेको छ । जस अनुसार धारा १३ मा निम्न व्यवस्थाहरु रहेका छन्:

१३((१)सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन् । कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित गरिने छैन ।

१३(२) सामान्य कानुनको प्रयोगमा कुनै पनि नागरिकमाथि धर्म, वर्ण, लिङ्ग, जात, जाति, उत्पत्ति, भाषा वा वैचारिक आस्था वा ती मध्ये कुनै कुराको आधारमा भेदभाव गरिने छैन ।

१३(३) राज्यले नागरिकहरूका बीच धर्म, वर्ण, जात, जाति, लिङ्ग, उत्पत्ति, भाषा वा वैचारिक आस्था वा ती मध्ये कुनै कुराको आधारमा भेदभाव गर्ने छैन । तर महिला, दलित, आदिवासी जनजाति, मधेशी वा किसान, मजदुर वा आर्थिक, सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएको वर्ग वा बालक, वृद्ध तथा अपाङ्ग वा शारीरिक वा मानसिक रूपले अशक्त व्यक्तिको संरक्षण, सशक्तिकरण वा विकासको लागि कानुनद्वारा विशेष व्यवस्था गर्न रोक लगाएको मानिने छैन ।

१३(४) समान कामका लागि महिला रपुरुषकाबीच पारिश्रमिकतथा सामाजिक सुरक्षामा भेदभावगरिने छैन ।
प्रस्तुत संवैधानिक व्यस्थाले कानुनको दृष्टिमा सबै नागरिक समान हुने र कसैलाई पनि कानुनको समान संरक्षणबाट बञ्चित नगरिने मौलिक हकको प्रत्याभूति गरेको छ । सो अनुसार मुलुकमा रहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यक सुमदायलाई कानुनद्वारा समान रुपमा संरक्षण प्रदान गर्नु राज्यको दायित्व हो । यसैगरी सामान्य कानुनको प्रयोगमा कुनै पनिनागरिकमाथि विभिन्न आधारमा भेदभाव गर्न नगरिने र राज्यले नागरिककोबीचमा कुनै पनि आधारमा भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको छ ।

यसैगरी संविधानको धारा ३३ (घ) मा राज्यको दायित्व अन्तर्गतवर्गीय, जातीय, भाषिक, लैङ्गिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावको अन्त्य गर्दै महिला, दलित, आदिवासी जनजाति, मधेशी, उत्पीडित, उपेक्षित र अल्पसङ्ख्यक समुदाय, पिछडिएका क्षेत्र लगायतका समस्याहरूलाई सम्बोधन गर्न राज्यको वर्तमान केन्द्रीकृत र एकात्मक ढाँचाको अन्त्य गरी राज्यको समावेशी, लोकतान्त्रिक र अग्रगामी पुनर्संरचना गर्ने कुरा उल्लेख गरिएको छ ।

यौनिक तथा लैङ्गिक अल्यसंख्यक समुदायको बारेमा संविधानले छुट्टै उल्लेख नगरेको भए पनि पछाडि परेका वर्ग तथा समुदायको संरक्षण, सशक्तिकरण वा विकासको लगि कानुनद्वारा विशेष व्यवस्था गर्न सक्ने कुरालाई संविधानले सकारात्मक विभेदको सिद्धान्तको रुपमा अङ्गिकार गरेको छ । उक्त व्यवस्था बमोजिम यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न राज्यले विशेष कानुन तथा नीतिहरु बनाउनु आवश्यक हुन्छ ।

२. कानुनी व्यवस्थाहरु

२.१. मुलुकी ऐन, २०२

मुलुकी ऐनका विवाह, सम्बन्ध विच्छद, अंशवण्डा, स्त्री अंशधन, धर्मपुत्री–धर्मपुत्री, अपुताली, आशय करणी, जर्वजस्ती करणी, हाडनाता करणी, पशु करणी, जारी, अदलसम्बन्धीमहलहरुले महिला र पुरुषको सम्बन्धसम्बन्धी विभिन्न व्यवस्थाहरु रहेका छन् । समलिङ्गी विवाहको व्यवस्था गर्दा मुलुकी ऐनका निम्न प्रावधनाहरुको सुधारलाई विशेष ध्यान दिनु पर्ने हुन्छ:
क. विहावारीको (महल १७)
१. हाडनाता करणीको महलले सजाय हुने नातामा वाहेक यस महलका नम्वरमा लेखिएका कुराका अधिनमा रही आफ्नो इच्छा खनुसार राजिखुशीले विहावारी गर्न हुन्छ । विहावारी भएकोमा हाडनातामा पर्न गएको रहेछ भने ती लोग्ने स्वास्नीलाई छुट्याई दिनुपर्छ । जानी जानी त्यस्तो विहावारी गरेकोमा हाडनाता कारणीको महलमा लेखिए बमोजिम सजाय समेत हुन्छ ।
२(१) विहावारी गर्दा महिला पुरुषको उमेर संरक्षकको मन्जुरी भए १८ वर्ष र संरक्षकको मंजुरी नभए २० वर्ष नपुगी विहावारी गर्न गराउन हुंदैन । विवाह गरे गराएमा सो गर्ने गराउनेमध्ये उमेर पुगेका मुख्यलाई देहाय बमोजिम हुन्छ ः
१० वर्ष नपुगेकी वालिकाको विवाह गरे गराएको रहेछ भने ६ महिना देखी ३ वर्षसम्म कैद र १ हजार रुपैंयाँ देखी १० हजार रुपैंयाँसम्म जरिवाना हुनेछ …१
१० वर्ष देखि माथि १४ वर्ष नपुगेकी वालिकाको विवाह गरे गराएको रहेछ भने ३ महिना देखि १ वर्षसम्म कैद र ५ हजार रुपैंयाँसम्म जरिवाना हुनेछ …..२
१४ वर्षदेखी माथि १८ वर्ष नपुगेकी स्वास्नी मानिसको विवाह गरे गराएको रहेछ भने ६ महिनासम्म कैद वा १० हजार रुपैंयासम्म जरिवाना वा दुवै सजाय हुनेछ….३
२० वर्ष उमेर नपुगेको स्वास्नी मानिस वा लोग्ने मानिसको विवाह गरे गराएको रहेछ भने ६ महिनासम्म कैद वा १० हजार रुपैंयाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ…..४
माथि १,२,३,४ दफा बमोजिम भएको जरिवाना तिरे लिई सो जरिवाना त्यसै वालिका, स्वास्नी मानिस वा लोग्ने मानिसलाई दिनुपर्छ नतिरेमा सो जरिवना हुने व्यक्तिको मात्र अंश जायजात गरी उपर भएकावाट सो लागेको जरीवानाको अंक जति सो वालिका स्वास्नी मानिस वा लोग्ने मानिसलाई दिनु पर्छ । जायजातवाट सो जरिवाना उपर हुन नसके उपर नभएको जरिवानाको रुपैंया जतिमा ३ महिनासम्म कैद गर्नुपर्छ …………८
लोग्ने मानिस वा स्वास्नी मानिसमध्ये कसैको उमेर १८ वर्ष नपुगी विवाह भएको रहेछ र सन्तान पनि जन्मेको रहेनछ भने १८ वर्ष उमेर नपुगी विवाह भएकोले १८ वर्ष पुगेपछि मन्जुरी नगरे त्यस्तो विवाह वदर गर्न पाउँछन् । …………..९
. वक्क लाटो, महारोगी, लुलो कुंजो दुवै आंखाको अन्धो लिंग नभएको नपुंसक हात गोडा भांची वेकम्मा भएको वौलाहा वा छारे रोग भएको लोग्ने मानिसलाई सद्दे छ भनी ढांटी विवाह भएकोमा स्वास्नी मानिसले मन्जुर नगरे सो विवाह वदर हुन्छ । त्यस्तो ढांटी विवाह गर्ने गरी दिनेलाई ५ सय रुपैयाँसम्म जरिवाना हुन्छ ।
५. वक्क लाटी महारोगी लुली कुंजी, दुवै आंखाको अन्धी योनिहीन भएकी हातगोडा भांची वेकम्मा भएकी, वौलाएकी वा छारे रोग भएकी स्वास्नी मानिसलाई सद्दे छ भनी ढांटी विवाह भएकोमा लोग्ने मानिसले मन्जुर नगरेमा विवाह वदर हुन्छ । त्यस्तो ढांटी विवाह गर्ने गरी दिनेलाई ५ सय रुपैयाँसम्म जरिवाना हुन्छ ।
७. लोग्ने मानिस र स्वास्नी मानिस दुवैको मन्जुरीविना विवाह गर्न गरिदिन हुँदैन । विना मन्जुरी जवरजस्ती विवाह गरे गरिदिए वदर हुन्छ । त्यस्तो विवाह गर्ने गरी दिनेलाई २ वर्षसम्म कैद हुनेछ ।
. सधवा, विधवा वा सम्वन्ध विच्छेद भइसकेको स्वास्नी मानिसलाई कन्या हो भनी वा विवाहित, विधुर वा सम्वन्ध विच्छेद भइसकेको लोग्ने मानिसलाई विवाह भएको थिएन भनी ढाँटी विवाह भएकोमा त्यसरी झुक्यानमा परी विवाह गर्नेले मन्जुर नगरे विवाह वदर हुन्छ । त्यस्तो विवाह गर्ने गराउने मुख्य मध्ये उमेर पुगेकालाई १० हजार रुपैयाँसम्म जरीवाना गरी त्यसरी झुक्यानमा पर्नेलाई दिलाई दिनु पर्छ ।
९. देहायको अवस्थामा वाहेक कुनै लोग्ने मानिसले आफ्नी स्वास्नी जिवित छंदै वा कानुन बमोजिम लोग्ने स्वास्नीको सम्वन्ध विच्छेद नहुँदै अर्की स्वास्नी मानिससंग विवाह गर्न वा अर्की स्वास्नी राख्न हुंदैन ।
– स्वास्नीलाई यौन सम्वन्धी कुनै सरुवा रोग भै निको नहुने भएमा ।
– स्वास्नी निको नहुने गरी वौलाएमा ।
– स्वास्नीको कारणवाट सन्तान नभएको भन्ने नेपाल सरकारको मान्यता प्राप्त मेडिकल वोर्डवाट प्रमाणित भएमा ।
– स्वास्नी हिडडूल गर्न नसक्ने गरी कुंजी भएमा स्वास्नी दुवै आंखा नदेख्ने अन्धी भएमा ।
– यसै महलको ९ नम्वर वमोजिम विवाह गर्दा स्वास्नी निको नहुने गरी वौलाएको र अंश लिई भिन्न वसेकोमा वाहेक अन्य अवस्थामा स्वास्नीको सहमती लिनु पर्नेछ ।

ख. लोग्ने स्वास्नीको (महल १२)
१. विहावारीको महलको २ नम्वरको ९ दफामा र ४,५,७ र ८ नम्वरमा लेखिएको र देहायको अवस्थामा बाहेक लोग्ने स्वास्नीको सम्वन्ध विच्छेद हुन सक्दैन । त्यस्तो अवस्था परी सम्वन्धी विच्छेद गर्न परेमा पनि कारण खोलि निवेदन गरी अड्डाबाट निर्णय भएपछि सो निर्णय बमोजिम मात्र सम्वन्ध विच्छेद हुन सक्छ……………………………………………………….१
स्वास्नीले लोग्नेलाई निजको मन्जुरी वेगर लगातार तिन वर्ष वा सो भन्दा वढी समयदेखि छोडी अलग बस्ने गरेमा वा लोग्नेको ज्यान जाने जाल प्रपन्च गरेमा वा स्वास्नीलाई निको नहुने यौन सम्वन्धी कुनै रोग लागेमा, स्वास्नीले परपुरुषसंग करणी गराएको ठहरेमा त्यस्तो स्वास्नीसित लोग्नेले आफ्नो सम्वन्ध विच्छेद गर्न पाउँछ………………………………….१
लोग्नेले अरु स्वास्नी ल्याएमा राखेमा वा स्वास्नीलाई घरबाट निकालेमा वा खान लाउन नदिएमा वा स्वास्नीको खोजखवर नलिई हेरविचार नराखी लगातार तीन वर्ष वा सो भन्दा वढी समयदेखि स्वास्नीलाई छोडी अलग बस्ने गरेमा वा स्वास्नीको ज्यान जाने अङ्गभङ्ग हुने वा अरु कुनै ठूलो शारिरीक वा मानसिक कष्ट हुने किसिमको काम वा जाल प्रपन्च गरेमा वा लाग्ने नपुृंसक हुन गएमा वा लोग्नेलाई निको नहुने यौन सम्वन्धी कुनै रोग लागेमा वा लोग्नेले परस्त्रीसंग करणी गरेको ठहरेमा वा जवरजस्ती करणीको महलको ३ नम्वरको दफा ६ बमोजिम लोग्नेले स्वास्नीलाई जवरजस्ती करणी गरेको ठहरेमा त्यस्तो लोग्नेसंग स्वास्नीले आफ्नो सम्वन्ध विच्छेद गर्न पाउँछे……………………………………………………..२
लेखिए बाहेक अरु अवस्थामा दुवै थरीको मन्जुरी भएमा लोग्ने स्वास्नीको सम्वन्ध विच्छेद गर्न हुन्छ ……………………………………………………………………………………३
१(क) यस महलको १नं. को १ दफा बमोजिम सम्वन्ध विच्छेद गर्न चाहने पक्षले वा ३ दफा बमोजिम दुवैको मन्जुरीले सम्वन्ध विच्छेद गर्न चाहेमा लोग्ने स्वास्नी दुबैले सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकामा निवेदन गर्नुपर्नेछ र गाउँ विकास समिति वा नगरपालिकाले पनि दुबै थरीलाई भरसक सम्झाई बुझाई मेलमिलाप गराई दिनु पर्दछ । त्यसरी सम्झाउंदा बुझाउँदा पनि मेलमिलाप हुन नसकेमा र विवाह राख्नु भन्दा सम्वन्ध विच्छेद गराउनु श्रेय भएमा निवेदन परेको १ वर्ष भित्र आफ्नो राय समेत संलग्न गरी प्राप्त निवेदन सम्वन्ध विच्छेद गर्न अधिकार भएको सम्वन्धित जिल्ला अदालतमा पठाउनु पर्छ ।
२. स्वास्नीले अर्कोसंग विवाह गरेमा त्यस्तो लोग्ने स्वास्नीको सम्बन्ध स्वतः विच्छेद हुन्छ ।
३. ऐन बमोजिम लोग्ने स्वास्नीको सम्वन्ध विच्छेद भएको मितिले २७२ दिन भित्र जन्मेको सन्तान अन्यथा प्रमाणित नभएमा सो सम्वन्ध विच्छेद भएको लोग्नेकै सन्तान ठहर्छ । त्यस्ता सन्तान र ५ वर्ष नपुगेका वा ५ वर्षदेखि माथिका नावालक पाल्ने विषयमा देहाय बमोजिम हुन्छ…………
यस नम्वरको १ र २ दफामा जुनसुकै कुरा लेखिएको भएता पनि आमा वावु दुवैको मन्जुरी भएमा त्यस्तो नावालकलाई आमा वावुमध्ये कुनैले वा आलोपालो गरी पाल्न पाउँछ ।
आमा वावुमध्ये जुनसुकैले पाले पनि नावालकको अहित हुने अवस्था वा त्यस्तो अहित हुने मानसिव आशंका नभएमा पाल्ने आमा वावुले नपाल्ने आमा वा वावुलाई विचविचमा नावालकसंग भेटघाट गर्ने मौका दिनुपर्छ । त्यस्तो मौका अर्को विवाह गर्ने आमाले पनि पाउँछे ।
आमाले पाल्दा वावुले आफ्नो इज्जत आमद अनुसार नावालकलाई खान लाउन शिक्षा र औषधी उपचार समेतको मनासिव खर्च दिनु पर्छ । आमाले नेपाली वावुले त्यस्तो नावालक पालेको रहेछ र वावु भन्दा आमाको आयस्था वढी रहेछ भने अड्डाले अवस्था विचार गरी आदेशद्वारा तोकिए बमोजिम त्यस्तो स्वास्नी मानिसले पनि नावालकको खान लाउन शिक्षा र औषधि उपचारको खर्च व्यहोर्नु पर्छ ।
४. सासु ससुरा समेत भई वा लोग्नेले मात्र खान लाउन नदिई घरबाट निकाला गरेको वा वरावर कुृटपिट गरी दुःख दिने गरेको वा लोग्नेले अरु स्वास्नी ल्याए वा राखेकोमा त्यसतो स्वास्नीले लोग्नेको अंशवाट आफ्नो अंशवाट छुट्याई लिन पाउंछ । त्यस्ती स्वास्नी मानिस मरेमा वा निजले अर्को विवाह गरेमा उस्ले खाई लाई बांकी रहे जति स्वास्नी मानिस मरेमा वा निजले अर्को विवाह गरेमा उसले खाई लाई बांंकी रहे जति हकवालाको सासु ससुराले मात्र निकाला गरेकोमा इज्जत आमद अनुसार खान लाउन दिनु पर्छ ।
४(क) यस महलको १ नं. बमोजिम लोग्ने स्वास्नीको सम्वन्ध विच्छेद हुने भएमा अदालतले निजहरुबीच अंशवण्डा गर्न लगाएर मात्र सम्वन्ध गर्न स्वास्नी मानिसको जिविकाको निमित्त मासिक रुपले खर्च भराई दिनु पर्छ । अंशवण्डा भइसकेपछि सम्वन्ध विच्छेद भएकी स्वास्नी मानिसको अंशमा परेको सम्पत्तिमा निजको हक हुनेछ । त्यस्ती स्वास्नी मानिसले अर्को विवाह नगरेमा वा अर्को विवाह गरेको भएपनि कुनै सन्तान नभएमा निजको शेषपछि निजले पाएको त्यस्तो सम्पत्ति अघिल्लो लोग्ने पटिृका सन्तान भए त्यस्तो सन्तानले र त्यस्तो सन्तान भए अघिल्लो लोग्नेले पाउँछ ।
४(ख) यस महलको ४(क) नम्वरमा जुनसुकै कुरा लेखिएको भएतापनि सम्वन्ध विच्छेद हुने स्वास्नी मानिसले अंश नलिई सो वापत लोग्नेसँग वार्षिक वा मासिक खर्च भराई लिन चाहेमा अदालतले त्यस्ता स्वास्नी मानिसलाई लोग्नेको सम्पत्ति र आयस्ताको आधारमा वार्षिक वा मासिक खर्च भराई दिनु पर्छ ।
४(ग) यस महलको १ नं. बमोजिम सम्वन्ध विच्छेद भएकोमा दफा ४(क) बमोजिम वण्डा गर्नुपर्ने कुनै सम्पत्ति नभई लोग्नेवाट अंश नपाएकी स्वास्नी मानिसले लोग्नेबाट खान लाउन खर्च भराउन चाहेमा र त्यस्तो लोग्नेको आम्दानी आयस्ता भएमा अदालतले त्यस्तो स्वास्नी मानिसलाई लोग्नेको आयस्ताको आधारमा खान लाउन खर्च भराई दिनु पर्छ । लोग्नेले त्यस्तो खर्च त्यस्ती स्वास्नी मानिसलाई लोगनेको आयस्ताको आधारमा खान लाउन खर्च भराई दिनु पर्दछ । लोग्नेले त्यस्तो खर्च त्यस्ती स्वास्नी मासनले अर्को विवाह नगरेसम्मको लागि मात्र भन्नु पर्छ ।
५. स्वास्नीको दाइजो पेवा मास्तां नभई एकाघरसंग वसेका अरु अंशियारहरु समेत रहेछन भने अंशको हकदार सोर वर्ष नाघेका सवैको मन्जुरीको लिखत भएमा मात्र सो मासेको दाइजो पेवा लेनदेन व्यवहारको महल बमोजिम रित नपु¥याई मासे दिएकोमा अरु अंशियारको मन्जुरी नभएमा अंशियारहरुले व्यहोर्ने र गोश्वारा धनबाट भर्ना हुन सक्दैन ।

ग. अंशवण्डाको (महल १३)
१. अंशवण्डाको महल १ यो नम्वर प्रारम्भ भएपछि अंशवण्डा गर्दा यस महलको नम्वरहरुको अधिनमा रही वावु आमा लोग्ने स्वास्नी छोरा छोरीहरुको जियजीयैको अंश गर्नुपर्छ ।
२. यस महलमा अन्यथा लेखिएमा बाहेक यसै महलको १ नम्बर बमोजिम अंशबण्डा गर्दाअंश पाउने सबैको बराबर अंश गर्नुपर्छ ।
३. संगै वसेका दाजुभाईका छोराछोरीहरुमा आफ्नो आफ्नो वावुको मात्र अंश हुन्छ ।
४. कसैका सोता सौता स्वास्नी मात्र रहेछन भने सवै सौताले आफ्नो लोग्नेका अंशमा ऐन बमोजिम वांडी खान पाउँछन् ।
५. अंश नहुंदै लोग्ने वा वावु मरेमा निजले पाउने अंश स्वास्नी वा छोरा छोरीले पाउँछन ।
५(क) विवाहवारीको महल बमोजिम विवाह वदर भएकोमा त्यस्तो दम्पत्तिबाट जन्मिएका छोरा छोरीले निजहरुबाट अंश पाउँछन ।
८. प्रकाश नगरी वाहिर राखेका स्वास्नीले वा उसवाट जन्मेका छोरा छोरीले लोग्ने वा वावु मरेपछि अंशमा दावी गर्न पाउँदैनन ।
१०. वावु आमाको जिउ छउन्जेल अंश दिन छोरा छोरीले वावु आमालाई वाध्य गराउन सक्ने छैनन । म अहिले छुटिृन्न भन्ने छोराछोरीलाई वावु आमाले कर लगाई छुट्याउन पनि हुँदैन । स्वास्नीले पनि लोग्नेको जिउ छउन्जेल लोग्नेको मनजुरी विना अंश लिई छुटिृन पाउँछिन । लोग्ने वा वावु आमाले स्वास्नी वा छोराछोरीलाई इजजत आमद अनुसार खान लाउन र आवश्यकता अनुसार उचित शिक्षा दिक्षा र स्वास्थ्य उपचारको व्यवस्था गर्नु पर्छ । सो नगरे अंश दिनु पर्छ । लोग्ने स्वास्नीको ४ नं.मा लेखिएको कुरामा भने सोही अनुसार हुन्छ ।
१०(ख)ऐन बमोजिम वावु आमा छोरा छोरीहरुको अंशवण्डा गर्दा वावु आमा कुनै छोरा वा छोरीसंग बस्न चाहेमा सो कुरा वण्डापत्रमा नै खुलाउन पर्छ र त्यस्तो छोरा वा छोरीले वावु आमालाई संग राखी हेरचाह गर्नु पर्छ । वृद्ध वावु आमाको आफने आयस्ताले खान लाउन नपुगे वा हेरचाह गर्न संग वसेका छोरा वा छोरी वा छोराको छोरा, कोही नभए भिन्न वसेका छोरा वा छोरीले पनि आफ्नो इज्जत आमद अनुसार खान लाउन दिई हेरचाह गर्नु पर्छ ।
११. अंश लिई वेग्लै भएपछि आफ्नो र कोही स्वास्नी छोराको अंश समेत मिसाईसंगै राखेको रहेछ भने पछि अरु स्वास्नी ल्यायो वा छोरा छोरी जन्मे भने संग वसेकाहरुको अंश जिउनी जम्मा गरी संग वसेका र पछि ल्याय जन्मेका स्वास्नी छोरालाई ऐन बमोजिम अंश गरी दिनु पर्छ । आफ्नो अंश लिई वेग्लै भएपछि अर्को स्वास्नी ल्यायो वा छोरा छोरी जन्मे भने पछि ल्याय जन्मेकाले लोग्ने वा वावुको अंश जिउनी सवै खान पाउँछन। पछि ल्याय जन्मेकाले अघि अंश लिई पर सरेको संग अंशमा दैया गर्न पाउँदैन ।
१४. वावु वा लोग्नेको शेषपछि अंश गर्दा उस्को काजक्रिया गरी वांकी रहेको संग वसेका र वेग्लै वसेका समेत सवै छोरा छोरी स्वास्नी सितका वावु वाजे लोग्नेको आर्जनको ऋण धनमा सवै स्वास्नी छोरा छोरीलाई ऐन बमोजिम वाँडी दिनु पर्छ । वावुको शेषपछि पनि कोही छोराछोरी आमा सित वसेका रहेछन वा कोही पनि संग वसेका रहेछन आफ्नो चित्त वुझी अंश नखोजी वेग्लावेग्लै वसेका रहेछन र आमा मरेपछिअंश गर्न पर्यो भने पनि आमाको काजक्रिया गरी बांकी रहेको सवैसितका वावु वाजेको आर्जनको ऋण धनमा ऐन बमोजिम सवै छोरा छोरीलाई वाँडि दिनु पर्छ । मानो छुटृेपछिको ऋण धनमा ऐन बमोजिम हुन्छ ।
१७. विवाह नभएका छोरा छोरीको विवाह खर्च पर सार्दा विवाह नभएका छोरा छोरी धेरै भएपनि थोरै भएपनि जम्मा धन सम्पत्ति २ हजार देखी वढ्ता ठहरे सयकडा ५, २ हजार देखी मुनि १ हजारसम्म धन सम्पत्ति ठहरे सयकडा १०,१ हजार देखी घटी धन सम्पत्ति ठहरे सयकडा २० दरले विवाह खर्च पर सारी जस्तो हिसावको अंश पाउँछ । सोही हिसावसित दामासाही गरी विवाह खर्च पनि वाँडी दिनुपर्छ लेखिए बमोजिम वण्डा गर्दा पिववाह खर्च पाउने एक जवान मात्र र अंश पाउने अंशियार धेरै जवान भई अंशियारले पाउने अंश भन्दा विवाह खर्च धेरै पाउने भएमा अंशियार एक जनाले पाउने अंशको चारखण्डकै तिनखण्डसम्म विवाह खर्च पाउँछ । वढी पाउंदैन भाई भाइको अंश गर्दामा भए भाई भाइको छोरा छोरीहरुलाई विवाह खर्च पर सार्नु पर्दैन ।
१९. अंश नलिएका स्वास्नी, छोरा अविवाहित छोरी वा विधवा वुहारी हुने मानिसको चल अचल सम्पत्तिमा देहायमा लेखिए बमोजिम हुन्छ…..
पिता पुर्खाको पालाको चल अचल गैर सम्पत्तिको हकमा चलमा सवै र अचलमा आधीसम्म व्यवहार चलाउनलाई स्वास्नी, छोरा वा अविवाहित छोरी वा विधवा वुहारीको मन्जुरी नभएपनि आफूखुश गर्न पाउंछ । अचलमा आधी भन्दा वढी भने व्यवहार चलाउनै परेपनि २१ वर्ष नाघेका स्वास्नी छोरा अविवाहिता छोरी र विधवा बुहारीको मन्जुरी लिई मात्र खर्च गर्न हुन्छ । मन्जुरी नलिई गरेको सदर हुंदैन । आफना पालामा आर्जेको चल अचल सबै एक स्वास्नी वा एक स्वास्नीपट्टिका छोरा )अविवाहित छोरीमात्र भएकाले वा अरू छोरा )अविवाहित छोरी स्वास्नी मरी त्यस्तो अवस्था हुन आएकाले पनि आफनो खुश गर्न पाउँछ । एकदेखि बढ्ता स्वास्नी वा एक स्वास्नीदेखि बढ्ता स्वास्नीपट्टिको छोरा )अविवाहित छोरी वा एउटा स्वास्नी र अर्को स्वास्नीपट्टिका छोरा )अविवाहित छोरी भएकाले सो भएका अवस्थामा भने मनपरेका स्वास्नी छोरा )अविवाहिता छोरीलाई दिन बाहेक आफनो खुशी गर्न पाउँछ । मन परेका कोही स्वास्नी छोरा )अविवाहित छोरीलाई मात्र बकस समेत केही व्यहोरा गरिदिन भने हुँदैन । सबै स्वास्नी छोरा )अविवाहित छोरीलाई ऐनले पाउने भाग बमोजिम दिएको भए मात्र सदर हुन्छ ।
माथि दफा दफामा लेखिए बमोजिम आफुखुशी गर्न पाउने स्वास्नी छोरा अविवाहित छोरी र विधवा वुहारीको मन्जुरी नभएपनि खुश गर्न नपाउने अंश २१ वर्ष नाघेका स्वास्नी छोरा अविवाहित छोरी र विधवा वुहारीको मन्जुरी भए मात्र पिता पुर्खाको पालाको आर्जनको समेत चल अचल गैर सम्पत्ति मन परेको स्वास्नी छोरा अविवाहित छोरी वा वुहारीलाई दिन समेत आफूखुशी गरेको सदर हुन्छ ।
माथि दफा दफामा लेखिए बमोजिम आफूखुशी गर्न नपाउने अवस्थामा पनि आफ्नो हकको अंश जति भने आफूखुशी गर्न पाउँछ ।
माथि लेखिए बमोजिम दिन पाउने जति अंशवण्डा नहुंदै कुनै स्वास्नी छोरा अविवाहित छोरी वा वुहारीलाई लिखत गरी दिएको जति पछि अंशवण्डा गर्दा वण्डा गर्नु पर्दैन । जसले पाएको हो उसले एकलौटी गरी खान पाउँछ । दिन नपाउने दिएको रहेछ भने पछि वण्डा गरी सो समेत सवै सम्पत्तिमा मिसाई वण्डा गरी दिनु पर्छ ।

घ. स्त्री अंशधनको (महल १४)
१. कन्या, सधवा वा विधवा स्वास्नी मानिसले आफ्नो आर्जनको चल अचल आफ्नो. खुस गर्न पाउँछन ।
२. भिन्न भएको कन्या सधवा वा विधवाले आफ्नो अंश हकको चल अचल सम्पत्ति आफूखुशी गर्न पाउँछन ।
३. यसै महलको २ नं. बमोजिम आफ्नो खुश गर्न नपाउने अचल सम्पत्तिवाट त्यस्ता स्वास्नी मानिसले लगाएको कपाली साहुको थैली भरीभराउ हुन सक्दैन ।
४. स्वास्नी मानिसलाई माइति मावलीपटिृका नातेदार इष्टमित्रहरुले दिएको चल अचल र त्यसबाट वढे वढाएको सम्पत्ति दाइजो ठहर्छ । लोग्ने वा लोग्ने पटिृका अंशियारले सवै अंशियारको मन्जुरीको लिखत गरी दिएको र लोग्ने पटिृका अरु नातेदार वा इष्टमित्रले दिएको अचल अचल त्यसवाट वढे वढाएको सम्पत्ति पेश ठहर्छ ।
५. स्वास्नी मानिसले आफ्नो दाइजो पेवा आफूखुश गर्न पाउँछन । उ मरेपछि यसले खानु भनी लिखत गरी दिएको रहेछ भने लिखतै वमोजिम हुन्छ । लिखत रहेनछ भने संग वसेका छोरा छोरी भए त्यस्ता छोराछोरीले त्यस्ता छोरा छोरी नभए भिन्न वसेका छोरा छोरीले त्यस्ता छोरा छोरी पनि नभए लोग्नेको लोग्ने पनि नभए विवाह भएकी छोरीले, उ पनि नभए छोराका छोरा वा अविवाहित छोरीले र निजहरु पनि नभए हकवालाले पाउँछन् ।
७. स्वास्नी मानिसले दाइजो पेवा वाहेक आफ्नो हक पुग्ने अरु सम्पत्ति कसैलाई अघिवाट दान वकस विक्री समेत केही व्यहोरासँग दिइछ र जसलाई दान वकस विक्री गरी दिएको हो उसैसित विवाह गरिछ भने सो दिइ लिएको सदर हुँदैन । हक पुग्नेले फिर्ता गरी दिन पाउँछ ।

ङ. धर्मपुत्र÷धर्मपुत्रीको (महल १५)
२. आफ्नो छोरा छोरी भएको व्यक्ति वाहेक अन्यले लिखत गरी धर्मपुत्र वा धर्मपुत्री राख्न हुन्छ तरछोरा हुनेले धर्मपुत्र र छोरी हुनेले धर्मपुत्री राख्न पाउने छैन ।
२(ख) यस महल बमोजिम एकपटक धर्मपुत्र वा धर्मपुत्री भएकालाई पुनः धर्मपुत्र वा धर्मपुत्री दिन हुँदैन । दिएको भए वदर हुन्छ ।
३. धर्मपुत्र राख्न पाउनेले सन्तान छोरा नहुँदा ऐन बमोजिम राख्न हुनेलाई रीतपूर्वकको लिखत गरी धर्मपुत्र राखी सकेपछि सन्तान छोरा जन्म्यो भने पनि अघि धर्मपुत्र राखेको वदर हुन सक्तैन । भाई सरहको अंश पाउँछ ।
९(ख) धर्मपुत्र वा धर्मपुत्री हुने वा राख्नेको उमेर कम्तिमा ३० वर्ष फरक हुनुपर्छ ।
९(ग) धर्मपुत्र वा धर्मपुत्रीको हक छोराछोरी सरह हुन्छ । धर्मपुत्र वा धर्मपुत्रीले आफूलाई जन्माउने वावुपटिृको अंशमा दावा गर्न पाउंदैनन् ।
९(घ) धर्मपुत्री राख्न पाउनेले धर्मपुत्री राखी सकेपछि छोरी जन्म्यो भने पनि अघि राखेको धर्मपुत्री वदर हुन सक्तैन । छोरी सरह नै हुन्छ ।
१०. वालवालिका फाल्ने पत्ता लाग्यो भने वावु आमा दुवैको सल्लाहले फालेको भए दुवैको अंश र त्यस वालवालिकाको समेत त्यही पाल्नेलाई दिलाई पाल्न लाउनु पर्छ । एक जनाको मात्र मतलव रहेछ भने जसको फालेको छ उसैको र वालवालिकाको अंश दिलाई दिनु पर्छ ।
११. ऐनको रित पु¥याई धर्मपुत्र वा धर्मपुत्री राखीसकेपछि कुनै खास कारण नभई वदर गर्नु हुंदैन । धर्मपुत्र वा धर्मपुत्री वस्नेले, धर्मपुत्र वा धर्मपुत्री राख्नेलाई खान लाउन नदिने घरको सम्पत्तिको हेरचाह नगरी दुरुपयोग गर्ने । शारिरीक वा मानसिक यातना दिने जस्ता कार्य गरेमा धर्मपुत्र वा धर्मपुत्री राख्नेले त्यस्ता धर्मपुत्र वा धर्मपुत्री वदर गर्न पाउछन् वदर हुने धर्मपुत्र वा धर्मपुत्रीले जन्माउने वावुपटिृको अंश पाउंछन । लेखिएका कारण नभई धर्मपुत्र÷धर्मपुत्री राख्नेले खान लाउन नदिई घरबाट निकाला गरेमा वा शिक्षा, स्वास्थ्योपचार व्यवस्था गरेन भने त्यस्तो धर्मपुत्र वा धर्मपुत्रीले राख्ने संग छोरा छोरी सरह अंश गरी लिन पाउँछन ।
१२. एउटा मात्र छोरा वा छोरी हुनेले धर्मपुत्र वा धर्मपुत्री दिन हुंदैन । दिएमा भए वदर हुन्छ ।
१२(क)कुनै विदेशी नागरिकले ऐनले धर्मपुत्र वा धर्मपुत्री राख्न हुने नेपाली नागरीकलाई धर्मपुत्र धर्मपुत्री राख्न चाहेमा त्यस्तो विदेशी नागरिकको चरीत्र र आर्थिक स्थिति हेरी सम्वन्धित विदेशी सरकार वा राजदूतावासको सिफारिस भएमा नेपाल सरकारले उपयुक्त सम्झेको शर्तमा धर्मपुत्र वा धर्मपुत्री लिन दिन स्वीकृति दिन सक्नेछ ।
१२(ख)यस महल बमोजिम नेपाल सरकारले विदेशी नागरिकलाई धर्मपुत्र वा धर्मपुत्री राख्ने स्वीकृति दिंदा त्यस्तो विदेशी नागरिक रहेको देशको कानुनमा धर्मपुत्र वा धर्मपुत्रीलाई छोरा छोरी सरह हक हुने व्यवस्था भएमा मात्र धर्मपुत्र वा धर्मपुत्री राख्न स्वीकृति दिनेछ ।
१३. ऐनले राख्न नहुने धर्मपुत्र वा धर्मपुत्री राखेको कुरामा थाहा पाएको दुई वर्ष भित्र नालिस नदिए लाग्न सक्तैन ।

च. अपुतालिको महल (महल १६)
१. हकवाला भनेको सात पुस्तासम्मको पुरुष तर्फको हाँगामा सवैभन्दा नजिकको अंशियार हुन्छ । सात पुस्ता नाघेको टाढाको दाजु भाई हुन्छ । नजिक र टाढाको हकवालामा छुट्याउँदा जो मरी अपुताली परेको हो उसैको आफ्नो पुरुष तर्फको हाँगामा सन्तान भए मर्नेको मूल पुरुषको अरु हाँगाको हकवालाले नजिकको ठहर्दैन ।
२. यस महलमा अन्य नम्वरहरुको अधिनमा रही अपुताली पर्दा मर्नेको लोग्ने, स्वास्नी छोरा, अविवाहित छोरी, छोराको छोरा वा निजको अविवाहित छोरी भएसम्म अरुले अपुताली पाउँदैन । मर्नेको छोरा नभई विधवा वुहारी भएमा निजले छोरा सरह अपुताली पाउँछे । त्यस्ता कोही नभएमा विवाहिता छोरी, विवाहिता छोरी पनि नभए निजका छोरा वा अविवाहिता छोरी र निजहरु पनि नभए त्यस्तो अपुताली ऐन बमोजिमको हकवालाले पाउँछन ।
३. भिन्न भई वसेका लोग्ने स्वास्नी छोरा अविवाहिता छोरी छोराको छोरा वा निजको अविवाहिता छोराीले हेरचाह नगरी विवाहिता छोरी वा छोरी ज्वाई वा त्यस्ता छोरी ज्वाईको छोरा वा अविवाहिता छोरीले स्याहार सम्हार गरी पालेको रहेछ भने यसरी पालेको वावु आमा सासु ससुरा वा वाजे वजैको अपुताली पाल्ने विवाहिता छोरी वा छोरीज्वाई वा नाति नातिनाले पाउँछन । अरु हकवालाले पाउँदैनन ।
६. एकै स्वास्नी पटिृका वा एक देखि वढी स्वास्नीपटिृको सन्तान हुने वावु आमाले आफु र सवै स्वास्नी छोरा अविवाहित छोरी वुहारी समेतलाई ऐन बमोजिम अंशवण्डा गरी दिई लिई कोही स्वास्नी छोरा अविवाहित छोरी वुहारीसंग आफ्नो अंश मिसाई वसेकामा वावु आमा मरी अपुताली पर्यो भने त्यो अपुतालीसंग वसेका स्वास्नी छोरा अविवाहित छोरी वुहारीले मात्र पाउँछन । लिखत भए लिखत बमोजिम हुन्छ ।
७. भिन्न भई वसेका लोग्ने स्वास्नी छोरा अविवाहित छोरी वा छोराका छोरा वा अविवाहित छोरीले हेरचाह नगरी एकै वावुवाट जन्मिएका दाजुभाई वा दिदी वहिनीले स्याहार सम्भार गरी पालेको रहेछन भने यसरी पालेका दाजुभाई वा दिदी वहिनीको अपुताली पाल्ने दिदी वहिनी वा पाल्ने दाजुभाईले पाउँछन । अरु हकवालाले पाउँदैन ।
९. एकै स्वास्नीपटिृका छोरा अविवाहित छोरी रहेछन् ऐन बमोजिम अंशवण्डा गरी लिइदिइ अरु छोरा अविवाहिता छोरी वेग्लै वसेछन्, एक छोरा, अविवाहिता छोरी वुहारीपटिृ आफू वसेको रहेछ र मसंग वस्ने छोरा अविवाहिता छोरी वुहारीले स्याहार सम्भार नगर्दा आफ्नो जो भएको अंश जिउनी लिई छोरा अविवाहित छोरी वुहारीसंग बस्न गएको मर्यो भने पछि सँगै बस्न गएकाले खान पाउँछन । अंश जिउनी लिई बस्न गएको रहेनछ भने केही कारणले केही दिन बस्न गएकोमा मरेको भए त्यो अपुताली केही दिन बस्न गएको छोरा अविवाहित छोरी वुहारी हकवालाले पाउँदैनन ।
१०. एकै आमापटिृका छोरा, अविवाहिता छोरी मात्र छन् ऐन बमोजिम अंशवण्डा भएपछि वावु आमा मात्र वेग्लै वसेका रहेछन वा कुनै छोरा अविवाहिा छोरीसित वसेको रहेछन भने लोग्ने मरेको भए लोग्नेको अंश जिउनी स्वास्नीको हुन्छ । स्वास्नी मरी भने लोग्नेको हुन्छ । अंश लिई छुटिृएकी स्वास्नी मरी भने छोरा अविवाहिता छोरी भए छोरा अविवाहिता छोरीले र छोरा अविवाहिता छोरी नभए लोग्नेले पाउँछ । यी नभए सौतेनी छोरा वा अविवाहिता छोरीले पाउँछ ।
१२. कुनै भाई वा अविवाहिता वहिनी अंश लिई भिन्न वसेको र कुनै भाई वा अविवाहिता वहिनीसंग वसेकोमा संगै वसेको भाई वा अविवाहिता वहिनीमा कुनै भाई वा अविवाहिता वहिनी मरी अपुताली प¥यो भने भिन्न भएको भाई वा अविवाहिता वहिनीले पाउँदैनन् । विमातृका भए पनि संग वसेकाले मात्र पाउँछ । संगै वसेपनि खानु पिउनु आफ्नो अंशवाट आफ्नो हिस्सा वमोजिम राखी खाएका रहेछन भने संगै बसेको भएपनि त्यस्तो भिन्न वसेको भाई वा अविवाहिता वहिनीको अपुतालीमा समेत मर्ने भाई वा अविवाहिता वहिनीको सहोदर भाई वा अविवाहिता वहिनीहरुले पाउँछन् विमातृकापटिृकाले पाउँदैनन्।

छ. आसय करणीको (महल १३)
१. कसैले कुनै महिलाको मन्जुरी विना निजको संवेदनशिल अंग छोएमा वा हुने प्रयास गरेमा, निजको मित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा निजलाई अस्वभाविक रुपले कुनै एकान्त ठाउंमा लगेमा, आफ्नो यौन सम्वन्धी अंश निजलाई छुन समाउन लगाएमा वा निजलाई अश्लिल वा अन्य यस्तै प्रकारको शब्द संकेत योग गरेमा वा अन्य कुनै अस्वभाविक व्यवहार गरेमा वा निजलाई करणीको आसयले समातेमा यौत दुव्र्यवहार गरेको मानिन्छ र त्यस्तो कसुर गर्ने व्यक्तिलाई १ वर्ष सम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । यस्तो कार्यवाट पिडित व्यक्तिलाई कसुरदारवाट मनासिव माफिकको क्षतिपूर्ति समेत भराई दिनु पर्छ ।
५. आफू वा अरुसंग गैरकानुनी करण गर्न स्वास्नी मानिसलाई फकाउने र वेश्यागमनको लागि सम्पर्क र व्यवस्था गरी दिनेलाई ६ महिना देखी २ वर्षसम्म कैद वा ५ सय रुपैयाँ देखी ६ हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन्छ ।

ज. जवरजस्ती करणीको (महल १४)
१. कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा १६्र वर्ष भन्दा कम उमेरकी वालिकालाई निजकोमन्जुरी लिईवा नलिई करणी गरेमानिजले जवरजस्तीकरणीगरेको ठहर्छ ।
२. हाडनाताकी स्वास्नी मानिसको कसैले जवरजस्ती करणी गरेमा यस महल बमोजिमको सजायमा हाडनातामा करणी गर्नेको महलमा लेखिएको सजाय समेत थपी सजाय हुन्छ । जन्मकैदको सजाय पाउनेमा भने जवरजस्ती करणी वापतको सजाय थप हुँदैन ।
३. जवरजस्ती करणी गर्नेलाई देहाय बमोजिमको कैद सजाय हुनेछ………………………..
१० वर्ष भन्दा मुनिकी वालिका भए १० देखी १५ वर्षसम्म ।
१० वर्ष वा सो भन्दा वढी १४ वर्ष भन्दा कम उमेरकी वालीका भए ८ देखी १२ वर्षसम्म ।
१४ वर्ष वा सो भन्दा वढी १६ वर्षभन्दा कमउमेरकी वालीका भए ६ वर्ष देखी १० वर्षसम्म ।
१६ वर्ष वा सो भन्दा वढी २० वर्ष भन्दा कम उमेरकी महिला भए ५ वर्ष देखि ८ वर्षसम्म ।
२० वर्ष वा सो भन्दा वढी उमेरकी महिला भए ५ देखि७ वर्षसम्म ।
२० वर्ष वा सो भन्दा वढी उमेरकी महिला भए ५ देखी ७ वर्षसम्म ।
यस नम्वरमा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भएमा पनि लोग्नेले स्वास्नीलाई जवरजस्ती करणी गरेमा ३ महिनादेखी ६ महिनासम्म ।
३(क) महिलालाई सामुहिक रुपमा जवरजस्ती करणी गर्ने वा गर्भवती अशक्त वा अपाङ्ग महिलालाई जवरजस्ती करणी गर्नलाई यस महलमा लेखिएको सजायमा थप ५ वर्ष कैद गर्नुपर्छ ।
९. अपुताली खानका लागि कसैले कुनै स्वास्नी मानिसको जवरजस्ती करणी गरेमा वा गर्न लगाएमा त्यस्तो जवरजस्ती करणी गर्ने वा गर्न लगाउनेले सो स्वास्नी मानिसको अपुताली खान पाउँदैन ।
१०. कसैले कुनै महिलालाई जवरजस्ती करणी गरेको ठहरेमा अदालतले त्यस्ती महिलालाई भएको शारिरीक वा मानसिक क्षति विचार गरी मनासिव ठह¥याए बमोजिमको क्षतिपूर्ति कसुरदारवाट भराई दिन पर्नेछ । यस्तो क्षतिपूर्ति निर्धारण गर्दा कसुरको गम्भिरर्यता कसुरवाट पिडित व्यक्तिको मृत्यु भइसकेको रहेछ भने निजमा आश्रित नावालक छोराछोरी भए निजहरुलाई पर्न गएको पीडा समेत विचार गरी निर्धारण गर्नुपर्नेछ ।
१०(क)यस महल अन्र्तगत कुनै अपराधको अनुसन्धान र तहकिकातको शिलशिलामा पिडित स्वास्नी मानिसको वयान गराउंदा महिला प्रहरी कर्मचारीले गराउनु पर्नेछ र महिला प्रहरी कर्मचारी नभएमा समाजसेवी महिलाको रोहवरमा अन्य प्रहरी कर्मचारीले गराउछिन् ।
१०(ख)यस महल अन्र्तगत कुनै मुद्दाको कारवाही चल्दा सम्वन्धित कानुन व्यवसायी अभियुक्त पिडित स्वास्नी मानिस र निजको संरक्षक तथा मुद्दा हेर्न अधिकारीले अनुमती दिएका प्रहरी र अदालतका कर्मचारी मात्र इजलासमा उपस्थित हुन सक्नेछन् ।
१०(ग) यस महल अन्तर्गतको मुद्दाको फैसला गर्दा जवरजस्ती करणी ठहर गरेकोमा सोही फैसलामा यस महल बमोजिम कसुरदारवाट भराई दिनुपर्ने क्षतिपूर्ति समेत उल्लेख गरी सम्वन्धित महिलालाई भराई दिनु पर्नेछ । क्षतिपूर्ति भराउने प्रयोजनको लागी यस महल अन्तर्गतको मुद्दा दायर भए लगत्तै अदालतले आरोपित व्यक्तिको अंश लगायतका अन्य सम्पत्ति रोकका राख्नु पर्नेछ ।

झ. हाडनाता करणी (महल १५)
१. आफूलाई जन्माउने आमाको करणी गर्नेलाई जन्मकैद हुन्छ । आफ्ना एकै वावुबाट जन्मेका दिदी वहिनी वा आफूले जन्माएका छोरीको करणी गर्नेलाई १० वर्ष कैद हुन्छ ।
२. देहायमा लेखिएको नाताकी स्वास्नी मानिसको करणी गर्नेलाई ३ वर्ष देखी ६ वर्षसम्म कैद हुन्छ….
आफ्नो हाडको नातामा आफ्नी सौतेनी आमा हांगा नफाटेकोमा जतिसुकै माथिको पुस्ता भएपनि हांगा फाटेकोमा तिन पुस्ता सम्मका वज्यै, आफ्ना छोराकी स्वास्नी छोरा वुहारी, आफ्ना हांगामा जतिसुकै पुस्ताको छोरा सन्तान भएपनि त्यस्ता छोरा सन्तानकी स्वास्नी वा छोरी आफ्ना एकै वावुवाट जन्मेका भाइकी स्वास्नी भाई वुहारी, आफ्ना एकै वावुवाट जन्मेका दाजु वा भाइकी छोरी वा छोरा वुहारी आफ्नो उकै वावुवाट जन्मेका दाजु वा भाईका छोराकी छोरी वा छोरा वुहारी अफ्नो एकै वाजेवाट जन्मेकी दिदी वा वहिनी वा आफ्ना एकै वाजेवाट जन्मका दाजु वा भाईकी छोरी वा त्यस्तो भाईकी स्वास्नी आफुले जन्माएको छोराकी छोरी वा छोरी बुहारी आफुलाई जन्माउने आमालाई जन्माउने वज्यू, आफूलाई जन्माउने आमाका वावु वाआमालाई जन्माउने वज्यू, वावुका आमालाई जन्माउने वज्यू, आफ्नी स्वास्नीलाई जन्माउने वज्यु आफ्नी स्वास्नीलाई जन्माउने सासु त्यस्ती सासु वा आफ्ना ससुरलाई जन्माउने वुढी सासु आफ्नी आमाका एकै आंतका दिदी वा वहिनीकी छोरी वा त्यस्ती दिदी वा वहिनीको छोरा वुहारी आफूलाई जन्माउने आमाका एकै आंतका दाजु वा भाईकी स्वास्नी आफ्नी माइजु
३. देहायमा लेखिएको नाताकी स्वास्नी मानिसको जानी जानी करणी गर्नेलाई नाता र पुस्ताको विचार गरी वढीमा २ वर्षसम्म कैद हुनेछ । आफ्ना हाडमा सात पुस्तासम्मका यसै महलका १ नम्वर र २ नं. को देहाय दफा १ मा लेखिए देखि वाहेकका वज्यू, भाई, वुहारी छोरा वुहारी नातिनी वुहारी दिदी वहिनी छोरी नातीनी फुपु जेठावा कान्छा वावुकी स्वास्नी ।
आफ्ना एकै वाजेवाट जन्मेका जेठा वा कान्छा वावुकी छोरीकी छोरा वा आफ्नो वावुवाट जन्मेका दाजु वा भाइको छोराकी छोरी आफ्ना एक वावुवाट जन्मेका दिदी वा वहिनीका छोराकी छोरी वा छोरा वुहारी वा त्यस्ता दिदी वा वहिनीकी छोराकी छोरी वा छोरा वुहारी आफ्नी सौतेनी सासु वा सौतेनी वुढी सासु ।
४. अरु कसैले भाउजुको करणी गरेमा आफ्ना एकै वावुबाट जन्मेका दाजुकी स्वास्नी भए ३ वर्षदेखि ६ वर्षसम्म र अरुमा आफ्ना हाडमा सात पुसता सम्मका दाजुकी स्वास्नीको जानी जानी करणी गरेको भए नाता र पुसताको विचार गरी वढीमा १वर्षसम्म कैद हुनेछ ।
५. एका लोग्नेबाट जन्मेका छोराको र उसै स्वास्नीले अर्को लोग्नेबाट जन्माएकी छोरीको जानीजानी करणी भएमा सो करणी गर्ने लोग्ने मानिसलाई वढीमा १ वर्षसम्म कैद हुनेछ ।
६. कसैले आफ्ना धर्मपुत्र छोराका स्वास्नी वा सन्तानमा वा धर्मपुत्र राख्ने वावुका नातामा करणी गरेमा यस महल बमोजिम सजाय हुने हाडनाताको रहेछ भने सोही बमोजिम र अरुमा धर्मपुत्रले धर्मपुत्र राख्ने वावुकी स्वास्नीको वा त्यसैवावुवाट जन्मेकी छोरीको वा धर्मपुत्र राख्नेले धर्मपुत्रकी स्वास्नीको वा धर्मपुत्रकी छोरीका करणी गरेमा वढीमा १ वर्षसम्म कैद हुनेछ ।
९. यस महल बमोजिम सजाय हुने कुनै स्वास्नी मानिसको करणी गरे वापत सजाय भैसकेपछि फेरी सोही स्वास्नी मानिसको करणी गरेमा निजलाई पचास रुपैयाँ जरिवाना हुन्छ र सो वमोजिम जरिवाना गरीसकेपछि निजले सोही स्वास्नी मासनसको करणी गरेमा तेश्रो पटकदेखि निजलाई प्रत्येक पटकलाई वढीमा ३ महिनासम्म कैद हुन्छ ।
१०. यस महलमा लेखिख्ए बमोजम लोगने मानिसलाइृ सजाय हुने कसुरमा राजी खुशिले करणी गराउने स्वास्नी मासनलिाई हुने सजायको चार खण्डको एक खण्ड सजाय हुन्छ । त्यस्तो सजाय गर्दा ३ वर्षभन्दा वढी कैद हुने भएमा ३ वर्षसम्मको मात्र कैद गर्नु पर्छ ।
११. यस महलका अन्य नम्वरहरुमा जुनसुकै कुरा लेखिएको भएतापनि कसैले यस महल बमोजिम सजाय हुने नाताका कुनै सधवा स्वास्नीको करणी गरेको रहेछ र साधुले जारीको महल बमोजिम हुने सजायमा सो कैदको सजाय समेत थपी कैद गरिदिनु पर्छ तर सो वमोजिम थपी कैद गर्दा ६ वर्ष भन्दा वढी कैद हुन जाने रहेछ भने एक वर्ष मात्र थप कैद गर्नुपर्छ ।

ञ. पशुकरणीको (महल १६)
१. कसैले स्त्री जाती चौपायाको करणी गर्न वा कुनै चौपाया सित करणी गराउन वा अरु कुनै अप्राकृतिक मैथुन गर्न गराउन हुंदैन ।
४. यस महलका अरु नम्वरमा लेखिए देखि वाहेक अरु कुनै किसिमको अप्राकृतिक मैथुन गर्ने गराउनेलाई १ वर्षसम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना हुन्छ ।

ट. जारीको (महल १८)
१. अर्काकी स्वास्नी हो भन्ने कुरा जानीजानी वा सो थाहा पाउने मनासिव कारण भई कसैले त्यस्तो स्वास्नी मानिसलाई स्वास्नी बनाउन लागेमा जारी गरेको ठहर्छ ।
२. जारी खतमा साधुको नालिस परे जार र जारी गरिएको स्वास्नी मानिसलाई १ महिनादेखि२ महिनासम्म कैदर र १ हजार रुपैयाँदेखि २ हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
३. देहायका अवस्थामा साधुले सजाय गराउन पाउने छैन ………………………………….
साधु आफैले जारी गरी ल्याएकी स्वास्नीको अरुले जारी गरेकोमा सौता भएको स्वास्नी मानिसको जारी गरेकोमा लोग्ने स्वास्नीको महलको १ नम्वरको २ दफाले सम्वन्ध विच्छेद गर्न र विहावारीको महलको २ नम्वरको ९ दफाले र ४ र ७ नम्वरले विवाह वदर गराउन पाउने स्वास्नीमानिसको जारी भएमा ।
५. कसैले कसैको स्वास्नीको जारी गरी साधुको धनमाल समेत लगेकोमा वा स्वास्नी मानिसले अर्को विवाह गरी जांदा आफुले लगाएको वा प्रयोग गर्न लत्ताकपडा वा आफ्नो दाइजो, पेवा आर्जन वाहेक साधुको अरु धनमाल समेत लगेमा लग्न नपाउने धनमालको हकमा साधुले र निज मरेमा वा विदेश गएकोमा निजको हकमा हकदारले देवानी मुद्दा सरह नालिस गरी फिर्ता लिने पाउँछ ।

ठ. अदलको (महल १९)
५. कैद वा थुनामा रहेकी कुनै महिलालाई सरकारी कर्मचारीले करणी गरेमा वा करणी गर्न अरु कसैलाई सहयोग पारी, मिलाई दिई करणी गराएमा वा चिकित्सा सेवा उपलव्ध गराउने चिकित्सक वा स्वास्थ्यकर्मिले तयस्तो सेवा प्राप्त गर्न आएकी कुनै महिलालाई सो सेवा उपलव्ध गराउंदा वा गराउने स्थानमा करणी गरेमा वा आफुले संरक्षण दिएकी वा आफ्नो हेरविचारमा रहेकी कुनै महिलालाई त्यसरी संरक्षण दिने वा हेरविचार गर्ने व्यक्तिले करणी गरेमा वा होस ठेगानामा नरहेकी वा शारीरिक वा मानसिक रोग लागी उपचार वा पुर्नस्थापना गर्ने संस्थाको पदाधिकारी वा कर्मचारीले करणी गरेमा एक वर्षदेखी तिन वर्षसम्म कैद हुनेछ । त्यस्तो कार्य गर्दा यस ऐन वा अन्य कानुन अनुसार पनि सजाय हुने रहेछ भने सो सजाय समेत थप हुनेछ ।

२.२. विवाह दर्ता ऐन, २०२८

४. विवाह हुन सक्ने अवस्था : प्रचलित नेपाल कानुनले विवाह हुन नसक्ने अवस्थाका बाहेक देहायकापुरुष र स्त्रीकोबीच यस ऐन बमोजिम विवाह हुन सक्नेछ –
(१) पुरुष वा स्त्रीमध्ये कुनैको पति वा पत्नी नभए,
(२) पुरुष वा स्त्रीमध्ये कुनै बहुलाएको नभए, र
(३) पुरुष र स्त्री दुवैको उमेर बीस वर्ष पूरा भएको ।
५. विवाह गर्ने दर्खास्त : (१) यो एन बमोजिम विवाह गर्न चाहने पुरुष र स्त्रीले तोकिएको ढाँचामादरखास्त लेखी विवाह अधिकारी समक्ष कम्तिमा १५ दिन अगावै पेश गर्नु पर्छ ।
(२) उपदफा (१) बमोजिम दर्खास्त दिनलाई पुरुष वा स्त्री दुवै वा सो मध्ये कुनै एकले त्यस्तो दरखास्त दिनु अघि १५ दिनदेखि सम्बन्धित विवाह अधिकारीको क्षेत्रमा रही बसिआएको हुनुपर्छ ।

३. समलिङ्गी विवाह सम्बन्धले असर पार्ने अधिकारहरु

समलिङ्गी विवाह सम्बन्धको अधिकार संगै त्यस्तो अधिकारबाट सृजना हुने सबै अधिकारहरु (जस्तै पहिचान, सम्पती, अपुताली, रोजगार आदि) मा प्रभाव पर्ने देखिन्छ । यस सम्बन्धी केही मुख्य क्षेत्रहरुको बारेमा मात्र तल उल्लेख गरिएको छ।

१. पहिचानसम्बन्धी अधिकार
– समलिङ्गी विवाह सम्बन्धले सर्वप्रथम समलिङ्गीहरुलाई कानुनी रुपमा पहिचान गर्नेछ । यसबाट समलिङ्गीहरुले आफुलाई सोही रुपमा प्रस्तुत गर्ने अधिकार प्राप्त हुनेछ ।
– नागरिकता लगायतका सरकारी कागजातहरुमा आफ्नो यौनिकता उल्लेख गर्ने अधिकार प्राप्त हुनेछ ।
२. विवाहसम्बन्धी अधिकार
– पुरुष र स्त्रीकोबीचमा मात्र विवाह सम्बन्ध कायम हुन सक्ने विद्यमान कानुनी तथा सामाजिक मान्यतालाई परिवर्तन गरी वैवाहिक सम्बन्धमा समान लिङ्ग भएका व्यक्तिहरुलाई पहिचान र अधिकार दिनेछ ।
३. सम्पतीसम्बन्धी अधिकार
– समलिङ्गी सम्बन्धको कानुनी पहिचानसंगै प्रचलित कानुन बमोजिम पुरुष वा स्त्री, लोग्ने वा स्वास्नी, छोरा वा छोरी भएको कारण पाउने सम्पति सम्बन्धी सबै अधिकारहरु समलिङ्गी सम्बन्ध भएकाहरुले पनि प्राप्त गर्नेछन् ।
४. स्वतन्त्रता र समानतासम्बन्धी अधिकार
– आफ्नो पहिचान बमोजिमसमलिङ्गी सम्बन्ध भएका व्यक्तिहरु पनि समाजमा स्वतन्त्र रुपले अन्य व्यक्तिहरु सरह नै कानुनी अधिकारहरु सहित सम्मानपूर्ण जीवन जीउन पाउनेछन् ।
५. सन्तानसम्बन्धी अधिकार
– समलिङ्गीहरुको आफ्नै सम्बन्धबाट सन्तान उत्पादन हुन नसक्ने भएकोले उनीहरुको चाहना बमोजिम सन्तान ग्रहण गर्ने कानुनी व्यवस्था आवश्यक पर्नेछ ।
६. अन्य अधिकार
– समलिङ्गी विवाह सम्बन्ध तथा कानुनी पहिचानसंगै उनीहरुसंग सम्बन्धित पेशा, व्यवसाय, सेवा, सुविधा लगायत अन्य विभिन्न क्षेत्रमा समेत उक्त समूहलाई अधिकार र पहिचान प्रदान गर्न नीति नियमहरुमा परिमार्जन गनुपर्ने हुन्छ ।

४. विवाहको परिभाषा परिवर्तन गर्दा राष्ट्रिय कानुनमा पर्न सक्ने असरहरु

केही मुख्य कानुनी व्यवस्थाहरुमा पर्ने असरहरु वा परिमार्जन गर्नुपर्ने बिषयवस्तुहरु निम्नानुसार उल्लेख गरिएका छन् :

१. मुलुकी ऐन

क.अदालती बन्दोबस्तको महल
– ३० नं.मा रहेको “आफ्ना हाडमा अपुताली परे खान पाउने नाता र मामा माइज्यु, सानी ठूली आमा, सानु ठूलो बावु, सासु, ससुरा, फूपु, फुपाज्यू, जेठा, साला, मीत, आफ्ना दिदी वहिनि, छोरी, र यिनै दिएका जुवाई, भानिज, भाञ्जी, भाञ्जी वुहारी, आमाका बाबु वा आमा” भन्ने शव्द पछि “समलिंगी सन्तान” भन्ने शव्द राख्नुपर्ने ।
ख. दण्डसजायको महल
– २७नं.मारहेको “विवाह भएका छोरा छोरी” भन्ने शव्दको सट्टा “विवाह भएकासन्तान” राख्नुपर्ने ।
ग. लोग्ने स्वास्नीको महल
– १ नं. को देहाय ४ नं.मा “यौनिक तथा लैगिक अल्पसंख्यक व्यक्तिलाई निजको इच्छा विपरित जवरजस्ती विवाह गरिदिएको भएमा त्यस्तो यौनिक तथा लंैगिक अल्पसंख्यक व्यक्तिले सो विवाहलाई स्वीकार नगरे सम्वन्ध विच्छेद गर्न पाउँछ ।……….१(४) ” भन्ने वाक्याँस थप्नु पर्ने ।
– ५ नं.मा रहेको “लोग्ने मानिस र स्वास्नी मानिस” भन्ने शव्दको सट्टामा “दम्पती” भन्ने शव्द राख्नुपर्ने ।
घ. अंशवण्डाको महलको
– १.१ नं.मा रहेका “वावु आमा लोग्ने स्वास्नी छोरा छोरी” भन्ने शव्दहरुको सट्टामा “बाबु आमा, दम्पती, सन्तान” भन्ने शव्दहरु राख्नुपर्ने ।
– ३ नं.मा रहेको “संगै वसेका दाजुभाईका छोराछोरी” भन्ने शव्दहरुको सट्टा “संगै बसेका दाजु भाईका सन्तान” भन्ने शव्दहरु राख्नुपर्ने।
– ५ नं.मा रहेको “अंश नहुँदै लोग्ने वा वावु मरेमा निजले पाउने अंश स्वास्नी वा छोरा छोरीले पाउँछन्” भन्ने बाँक्यांसको सट्टा “अंश नहुँदै कुनै अंशियारको मृत्यु भएमा निजले पाउने अंश निजका अंशियारले बाँडी खान पाउँछन्” भन्ने बाक्याँश राख्नुपर्ने ।
– ५(क) नं. मा रहेको “त्यस्तो दम्पत्तिबाट जन्मिएका छोरा छोरी” भन्ने बाक्यांसको सट्टा “त्यस्तो दम्पति बाट जन्मिएका सन्तान” भन्ने शव्दहरु राख्नुपर्ने।
– ८नं. मा रहेको “प्रकाश नगरी वाहिर राखेका स्वास्नीले वा उसबाट जन्मेका छोरा छोरी” भन्ने शव्दहरुको सट्टा “प्रकाश नगरि बाहिर राखेका जीवनसाथीले वा उसबाट जन्मेको सन्तानले” भन्ने शव्दहरु राख्नुपर्ने।
– १० नं.मा रहेको “ छोरा छोरी” भन्ने शव्दको सट्टा “सन्तान” भन्ने शव्द राख्नुपर्ने ।
– १०(ख) नं. मा रहेको “छोरा छोरी” भन्ने शव्दको सट्टा “सन्तान” भन्ने शव्द राख्नुपर्ने ।
– ११ नं. मा रहेको “छोरा, छोरा छोरी ” भन्ने शव्दको सट्टा “ सन्तान” भन्ने शव्द राख्नुपर्ने ।
– १४नं. मा रहेको “छोरा छोरी” भन्ने शव्दको सट्टा “सन्तान” भन्ने शव्द राख्नुपर्ने ।
– १७ नं. मा रहेको “छोरा छोरी” भन्ने शव्दको सट्टा “सन्तान” भन्ने शव्द राख्नुपर्ने ।
– १९ नं. मा रहेको “अंश नलिएका स्वास्नी, छोरा अविवाहित छोरी” भन्ने शव्दहरुको सट्टा “अंश नलिएका जीवन साथी,सन्तान” भन्ने शव्दहरु राख्नुपर्ने ।
ङ धर्मपुत्र-धर्मपुत्रीको महल
– २ नं. मा रहेको “आफ्नो छोरा छोरी” भन्ने शव्दको सट्टा “आफ्नो सन्तान” भन्ने शव्द राख्नुपर्ने ।
– १० नं. मा रहेको “बालबालिका” भन्ने शव्दको सट्टा “सन्तान” भन्ने शव्द राख्नुपर्ने ।
– ११ नं. मा रहेको “धर्मपुत्र वा धर्मपुत्री” भन्ने शव्दको सट्टा “ धर्म सन्तान” भन्ने शव्द राख्नुपर्ने ।
– १२ नं. मा रहेको “एउटा मात्र छोरा वा छोरी” भन्ने शव्दहरुको सट्टा “एउटा मात्र सन्तान” भन्ने शव्द राख्नुपर्ने ।
– १२(ख) नं. मा रहेको “धर्मपुत्र वा धर्मपुत्री ” भन्ने शव्दहरुको सट्टा “धर्म सन्तान” र “छोरा छोरी” भन्ने शव्दको सट्टा “सन्तान” भन्ने शव्द राख्नुपर्ने ।
च. स्त्री अंशधनको महल
– ५ नं.मा रहेको “छोरा छोरी” भन्ने शव्दको सट्टा “सन्तान” भन्ने शव्द राख्नुपर्ने ।
– स्त्री अंशधनको महल पछि महल १४(क) थपि समलिंगीको अंशधनको महल राख्नु पर्ने ।
छ. अपुतालीको महल
– २ नं. मा रहेको “छोरा, अविवाहित छोरी” भन्ने शब्दको सट्टा “सन्तान” भन्ने शब्द राख्नुपर्ने ।
– ३ नं. मा रहेको “ छोरा, अविवाहिता छोरी” भन्ने शव्दहरुको सट्टा “सन्तान” भन्ने शव्द राख्नुपर्ने । “विवाहिता छोरी वा छोरी ज्वाई” भन्ने शव्दहरुको सट्टा “विवाहित सन्तान तथा निजको जीवन साथी” भन्ने शव्दहरु राख्नुपर्ने ।
– ६ नं. मा रहेको “छोरा, अविवाहिता छोरी” भन्ने शव्दको सट्टा “सन्तान” भन्ने शव्द राख्नुपर्ने ।
– ७ नं.मा रहेको “लोग्ने स्वास्नी ” भन्ने शब्दको सट्टा “दम्पती,” “छोरा, अविवाहिता छोरी” भन्ने शब्दको सट्टा “सन्तान”, “ एकै बाबु बाट जन्मिएका दाजु भाई वा दिदी बहिनी” भन्ने शव्दको सट्टा “आफूलाई जन्म दिने बाबुबाट जन्मिएका सन्तान” भन्ने शव्दहरु राख्नुपर्ने ।
– ९नं. मा रहेको “छोरा, अविवाहित छोरी” भन्ने शव्दको सट्टा “सन्तान” भन्ने शव्द राख्नुपर्ने । साथै “छोरा, अविवाहिता छोरी, बुहारी” भन्ने शव्दहरुको सट्टा “सन्तान तथा निजको जीवन साथी” भन्ने शव्दहरु राख्नुपर्ने ।
– १० नं. मा रहेका “छोरा, अविवाहिता छोरी” भन्ने शव्दहरुको सट्टा “सन्तान” भन्ने शव्द राख्नुपर्ने ।साथै “लोग्ने स्वास्नी” भन्ने शव्दको सट्टा “दम्पती” भन्ने शव्द राख्नुपर्ने ।
– १२ नं. मा रहेको “कुनै भाई वा अविवाहिता वहिनी” भन्ने शव्दहरुको सट्टा “आपूmलाई जन्म दिने बाबु आमाका सन्तान” भन्ने शव्दहरु राख्नुपर्ने ।
ज. आसय करणीको महल
– १नं. मा रहेको “कसैले कुनै महिला” भन्ने शव्दको सट्टा “कसैले कुनै व्यक्ति” भन्ने शव्द राख्नुपर्ने ।
– ५ नं. मा रहेको “ स्वास्नी मानिस” भन्ने शव्दको सट्टा “जो कोही ” भन्ने शव्द राख्नुपर्ने ।
झ. जवरजस्ती करणीको महल
– १ नं. मा रहेको “महिला” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द राख्नुपर्ने ।साथै “बालिका” भन्ने शव्दको सट्टा “नाबालक” भन्ने शव्द राखिएको छ ।
– २ नं. मा रहेको “हाडनाताकी स्वास्नी मानिस” भन्ने शव्दको सट्टा “हाडनाताको व्यक्ति” भन्ने शव्द राख्नुपर्ने ।
– ३ नं. मा रहेको “वालिका” भन्ने शव्दको सट्टा “नाबालक” भन्ने शव्द र “महिला” भन्ने शव्दको सट्टा “ व्यक्ति” भन्ने शव्द राख्नुपर्ने । “लोग्ने स्वास्नी” भन्ने शव्दको सट्टा “दम्पती” भन्ने शव्द राख्नुपर्ने ।
– ९ नं. मा रहेको “ स्वास्नी मानिस” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द राख्नुपर्ने ।
– १० नं.मा रहेको “महिला” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द र “छोरा, छोरी” भन्ने शव्दको सट्टा “सन्तान” भन्ने शव्द राख्नुपर्ने ।
– १०(क)यस महल अन्र्तगत कुनै अपराधको अनुसन्धान र तहकिकातको सिलसिलामा “पीडित स्वास्नी मानिस” भन्ने शव्दहरुको सट्टा “पिडित व्यक्ति” भन्ने शव्दहरु राख्नुपर्ने ।
– १०(ख) मा रहेको “पीडित स्वास्नी मानिस” भन्ने शव्दहरुको सट्टा “पिडित व्यक्ति” भन्ने शव्द राख्नुपर्ने ।
– १०(ग) म रहेको “महिला” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द राख्नुपर्ने ।
ञ. हाडनाता करणीको महल
– १ नं.मा रहेको “आफ्नो एकै वावुबाट जन्मेका दिदी वहिनी वा आफूले जन्माएका छोरा” भन्ने शव्दहरुको सट्टा “आफ्नो एकै बाबुबाट जन्मेका सन्तान वा आफूले जन्माएको सन्तान” भन्ने शव्दहरु राख्नुपर्ने ।
– २नं.मा रहेको “स्वास्नी मानिस” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द राख्नुपर्ने ।
– ३ नंं.मा रहेको “स्वास्नी मानिस” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द, “छोरी” भन्ने शव्दको सट्टा “सन्तान” भन्ने शव्द र “छोरा बुहारी” भन्ने शव्दको सट्टा “छोराको जीवन साथी” भन्ने शव्दहरु राख्नुपर्ने ।
– ५ नं.मा रहेको “छोरी” भन्ने शव्दको सट्टा “सन्तान” भन्ने शव्द राख्नुपर्ने ।
– ६ नं. मा रहेको “कसैले आफ्ना धर्मपुत्र छोराका स्वास्नी” भन्ने शव्दहरुको सट्टा “कसैले आफ्नो धर्म सन्तानको जीवन साथी” भन्ने शव्द तथा “ छोरी” भन्ने शव्दको सट्टा “सन्तान” भन्ने शव्द राख्नुपर्ने ।
– ९ नं.मा रहेको “स्वास्नी मानिस” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द राख्नुपर्ने ।
– १० नं.मा रहेको “ लोग्ने मानिस” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द र “ स्वास्नी मानिस” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द राख्नुपर्ने ।
– ११ नं.मा रहेको “सधवा स्वास्नी” भन्ने शव्दको सट्टा “विवाहित व्यक्ति” भन्ने शव्द राख्नुपर्ने ।
ट. विहावारीको महल
– १ नं.मा रहेको “लोग्ने स्वास्नी” भन्ने शव्दको सट्टा “दम्पति” भन्ने शव्द राख्नुपर्ने ।
– २ (१) नं.मा रहेको “महिला पुरुष” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द, “बालिका” भन्ने शव्दको सट्टा “नाबालक” भन्ने शव्द, “स्वास्नी मानिस वा लोग्ने मानिस” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द राख्नुपर्ने ।
– ५नं.मा रहेको “स्वास्नी मानिस” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द, “लोग्ने मानिस” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द राख्नुपर्ने ।
– ७ नं. मा रहेको “लोग्ने मानिस र स्वास्नी मानिस” भन्ने शव्दहरुको सट्टा “व्यक्ति” भन्ने शव्द, “लोग्ने स्वास्नी” भन्ने शव्दको सट्टामा “दम्पति” भन्ने शव्द र “स्वास्नी” भन्ने शव्दको सट्टा “जीवन साथी” भन्ने शव्द राख्नुपर्ने ।
– ८ नं. मा रहेको “स्वास्नी मानिस” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द र “लोग्ने मानिस” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द राख्नुपर्ने ।
– ९नं.मा रहेको “लोग्ने मानिस” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द र “स्वास्नी मानिस” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द राख्नुपर्ने ।
ठ. जारीको महल
– १ नं.मा रहेको “स्वास्नी मानिस” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द राख्नुपर्ने ।
– २ नं. मा रहेको “स्वास्नी मानिस” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द राख्नुपर्ने ।
– ५ नं. मा रहेको “ स्वास्नी मानिस” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द राख्नुपर्ने ।

ड. अदलको महल
– ५ नं.मा रहेको “महिला” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द राख्नुपर्ने ।

२. कर्मचारी संचयकोष ऐन, २०१९

– दफा १५(क)(१) को (ख) मा “छोरा वा छोरी” भन्ने शव्दको सट्टा “सन्तान” भन्ने शव्द र (छ) मा “नातिनी वुहारी” भन्ने शव्दको सट्टा “नातिको जीवन साथी” भन्ने शव्द राख्नुपर्ने ।

३. कारागार ऐन, २०१९

– दफा ६(१)(क) मा “लोग्ने मानिस र स्वास्नी मानिस” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द राख्नुपर्ने ।
– “स्वास्नी मानिस” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द, “छोरा छोरी” भन्ने शव्दको सट्टा “सन्तान” भन्ने शव्द राख्नुपर्ने ।
– दफा ९ मा “छोरा, छोरी” भन्ने शव्दको सट्टा “सन्तान” भन्ने शव्द राख्नुपर्ने ।

४. गाली र वेइज्जती ऐन, २०१६

– दफा ८“आइमाइ” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द राख्नुपर्ने ।

५. जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३

– दफा ४(१)(क)“पुरुष” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द राख्नुपर्ने ।

६. जिउ मास्ने, बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३

– दफा ४(ग) “स्वास्नी मानिस” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द राख्नुपर्ने ।
– दफा ७(१) “स्वास्नी मानिस” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द राख्नुपर्ने ।
– दफा ८(३)“स्वास्नी मानिस” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द राख्नुपर्ने ।

७. निजामति कर्मचारी सेवा ऐन, २०४९

– दफा २(घ) “पति पत्नी, छोरा, अविवाहिता छोरी” भन्ने शव्दको सट्टा “दम्पति र सन्तान” भन्ने शव्द र “धर्म पुत्र, धर्मपुत्री” भन्ने शव्दको सट्टा “ धर्म सन्तान” भन्ने शव्द राख्नुपर्ने ।

८. नेपालकानुन व्याख्या सम्वन्धि ऐन, २०१०

– दफा २(ग) “धर्म पुत्र” भन्ने शव्दको सट्टा “ धर्म सन्तान” भन्ने शव्द राख्नुपर्ने ।

९. नेपाल नागरिकता ऐन

– दफा ६(२) “विदेशी महिला” भन्ने शव्दको सट्टा “विदेशी व्यक्ति” भन्ने शव्द राख्नुपर्ने ।
– दफा ६(३)संविधानको धारा ९ को उपधारा ६ मा उल्लेखित “छोरा, छोरी” भन्ने शव्दको सट्टा “सन्तान” भन्ने शव्द राख्नुपर्ने ।

१०. बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६

– दफा २(क)“बालबालिका” भन्ने शव्दको सट्टा “नाबालक” भन्ने शव्द राख्नुपर्ने ।

११. बालबालिका सम्वन्धि ऐन, २०४८

– दफा २(क) “बालबालिका” भन्ने शव्दको सट्टा “नाबालक ” भन्ने शव्द राख्नुपर्ने ।
– दफा ५ “छोरी छोरी” भन्ने शव्दको सट्टा“सन्तान” भन्ने राख्नुपर्ने ।

१२. विवाह दर्ता ऐन, २०२८

– दफा ४ विवाह हुन सक्ने अवस्था– प्रचलित नेपाल कानुनले “पुरुष र स्त्री” भन्ने शव्दको सट्टा “दुई व्यक्ति” भन्ने शव्द राख्नुपर्ने ।
– दफा ५ विवाह गर्ने दरखास्त अन्तरगत यो ऐन बमोजिम “पुरुष र स्त्री” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द राख्नुपर्ने ।
– उपदफा १ बमोजिम दरखास्त दिनलाई “पुरुष वा स्त्री दुवै” भन्ने शव्दको सट्टा “व्यक्ति” भन्ने शव्द राख्नुपर्ने ।

१३. भिक्षा माग्ने (निषेध) ऐन, २०१८

– दफा २(क)“केटा केटी” भन्ने शव्दको सट्टा “नाबालक” भन्ने शव्द राख्नुपर्ने ।

१४. भूमि सम्वन्धि ऐन, २०२१

– दफा २(ग) कुनै व्यक्तिको सम्वन्धमा “परिवार” भन्नाले सो व्यक्ति र निजको देहायको अवस्थाका नातेदार सम्मलाई संझनु पर्छ भन्ने वाक्यमा “पति वा पत्नी” भन्ने शब्दको सट्टा “दम्पति” भन्ने शव्द राख्नुपर्ने ।
– “१६ वर्ष उमेर नपुगेका छोरा” भन्ने शव्दको सट्टा “१६ वर्ष उमेर नपुगेका सन्तान” भन्ने शव्द राख्नुपर्ने ।
– “१६ वर्ष उमेर नपुगेकी अविवाहिता छोरी” भन्ने शव्दको सट्टा “१६ वर्ष उमेर नपुगेकीसन्तान” भन्ने शव्द राख्नुपर्ने ।
– दफा २६(१)“पति पत्नी र छोरा” भन्ने शव्दको सट्टा “दम्पत्ति र सन्तान” भन्ने शव्द र “धर्म पुत्र” भन्ने शव्दको सट्टा “ धर्म सन्तान” भन्ने शव्दहरु राख्नुपर्ने।

१५. मानव शरिरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५

– दफा २(ठ)“छोरा छोरी” भन्ने शव्दको सट्टा “सन्तान” भन्ने शव्द र “पति पत्नी, धर्म पुत्र धर्मपुत्री” भन्ने शव्दको सट्टा “दम्पत्ति र धर्म सन्तान” भन्ने शव्द राख्नुपर्ने ।

१६. संसद सचिवालय सम्वन्धि ऐन, २०५८

– दफा २(थ)“पति पत्नी, छोरा, अविवाहिता छोरी” भन्ने शव्दको सट्टा “दम्पति र सन्तान” भन्ने शव्द र “धर्म पुत्र, धर्मपुत्री” भन्ने शव्दको सट्टा “धर्म सन्तान” भन्ने शव्द राख्नुपर्ने ।

१७. श्रमजिवी पत्रकार सम्वन्धि ऐन, २०५१

– दफा २(ज)“पति पत्नी, छोरा, अविवाहिता छोरी” भन्ने शव्दको सट्टा “दम्पति र सन्तान” भन्ने शव्द र “धर्म पुत्र, धर्मपुत्री” भन्ने शव्दको सट्टा “धर्म सन्तान” भन्ने शव्द राख्नुपर्ने ।

१८. घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६

– दफा २(ख)“घरेलु सम्वन्ध” भन्नाले वंशज, विवाह वा धर्मपुत्र वा धर्मपुत्री भएको भन्ने शव्दहरुको सट्टा “घरेलु सम्वन्ध” भन्नाले वंशज, विवाह वा धर्म सन्तान भएको भन्ने शब्दहरु राख्नुपर्ने।

माथि उल्लिखित कानुनले पुरुष र महिला बाहेक अन्य लिङ्गको उल्लेख गरेको छैन । मुलुकी ऐनले नपुंसक भन्ने शब्द उल्लेख गरेको र त्यस्तो व्यक्तिसंगको विवाह बदर गर्न सकिने व्यवस्था गरेको छ । अर्को शब्दमा भन्ने हो भने प्रचलित नेपाली कानुनले समलिङ्गीलाई पहिचान गरेको छैन । त्यसैले स्त्री र पुरुष बीचकोे वैवाहिक सम्बन्ध बाहेक समलिङ्गी विवाह सम्बन्धलाई पनि पहिचान दिएको छैन । पहिचान र वैवाहिक सम्बन्धको अधिकार नभएका कारण सोसंग सम्बन्धित र विवाहबाट सृजना हुने दायित्व र अधिकारसंग सम्बन्धित अन्य सबै कानुनी व्यवस्थाहरुले पनि समलिङ्गी सम्बन्धलाई समेटेको छैन । तर नेपाल सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई सुनिलबाबु पन्त वि. नेपाल सरकार (२०६४ सालको रीट नं.९१७) को फैसलामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई आफ्नोपनको अधिकार (Right to have own identity) हुने कुरालाई मान्यता प्रदान गरेको छ । उक्त फैसलाको आधारमा यो समुदायलाई उनीहरुको पहिचान दिलाउन नागरिता नियमावलीका अनुसूचिहरुमा संशोधन गरी पहिचान अनुसार नागरिकता प्रदान गर्न एक निर्देशिका जारी गरेको छ । जस अनुसार यस समुदायका व्यक्तिहरुले लिङ्गको महलमा अन्य उल्लेख गरी नागरिकता प्राप्त गरिसकेको पाइन्छ । उक्त फैसलाले समलिङ्गी सम्बन्धलाई समेत मान्यता प्रदान गरेको छ । अतः समलिङ्गी विवाह वा सम्बन्धलाई कानुनी मान्यता दिदाविवाह तथा विवाहबाट सृजना हुने कानुनी दायित्व सम्बन्धी कानुनी परिभाषमा संशोधन गुर्न पर्ने देखिन्छ । यसका लागि पुरुष र स्त्री भन्ने शब्दहरुको सट्टा व्यक्ति भन्ने शब्द प्रयोग गर्नु उपयुक्त हुने देखिन्छ ।  त्यस्तै पहिलो संविधानसभाबाट तयार गरिएको मौलिक हकसम्बन्धी प्रावधानमा लैङ्गिक तथा यौनिक अभिमूखिकरणको आधारमा विभेद गर्न नपाइने अविभेदको आधार उल्लेख गरिएको छ भने नागरिकतासम्बन्धी प्रावधानमा लैङ्गिक पहिचान सहितको नाथरिकता प्रदान गरिनेछ भन्ने प्रावधान उल्लेख गरिएको पाईन्छ । यदि प्रस्तावित संविधान सोही अनुसार पारित भएमा वैवाहिक अधिकारमा पनि समलिङ्गीहरुलाई भेदभाव गर्न नपाईनेगरी महिला तथा पुरुषकाबीच हुने विवाह सरह मान्यता प्रदान गर्नुपर्ने अवस्था देखिन्छ ।

Advertisements